बलात्कारीको लिङ्ग बोकेर एक महिला प्रहरी चौकीमा पुगे पछि

३ फागुन, भारत ।

भारतमा अचम्मको घटना घटेको छ । बलात्कारीको लिङ्ग बोकेर एक पिडित महिला आफैँ पुलिस चौकी पुगेकी छिन् । ३२ वर्षिय एक महिलाले आफ्नै बहिनीका श्रीमान्ले थुप्रै दिनदेखी आफूमाथि जर्बजस्ती गर्न खोजेको आरोप लगाएकी हुन् । भारतीय सञ्चारमाध्यममा उल्लेख भएअनुसार सहन नसक्ने भएपछि उनले बलात्कारीको लिङग काटिदिइन् । उनले लिङ्ग नकाटेसम्म उक्त पुरुषको आक्रमण सहिरहनुपर्ने भएका कारण अन्तिम विकल्पका रुपमा यो कदम चालेको प्रहरीलाई बताएकी छिन् ।

पिडितको उजूरीपछि सिद्धी जिल्लास्थित चौरहट क्षेत्रमा प्रहरीले बिहिबार बिहान ६ बजे खानतलासी गरेको थियो । तर प्रहरीले उपचारका थाल्नुअगावै उक्त व्यक्ति झुण्डिएको अवस्थामा फेला परे । महिलाले आफ्ना श्रीमान् नासिकमा काम गर्ने भएका कारण बहिनी र उनको श्रीमान्सँग बस्दै आएको प्रहरी समक्ष बताएकी छिन् । ‘जब उसले ममाथि जर्बजस्ती गर्यो । त्यसपछि मैलेँ पनि उसको लिङ्ग काटिदिए,’– महिलाले प्रहरीलाई दिएको बयानमा उल्लेख छ ।

महिलाले बलात्कारको आरोप लगाएका पुरुष भने घर नजिकै रुखमा झुण्डिएको अवस्थामा फेला परे । प्रहरीले हत्याको आशंकामा महिलालाई पक्राउ गरेको छ । स्थानिय प्रहरी अबिद खान भन्छन्–‘यो निकै दुलर्भ घटना हो । त्यसैले यसको आवश्यक छानविन हुदैँछ ।’ प्रहरीले महिलाको मानसिक स्थिती अझै सुदृढ रहेको र उनले आफूले गरेको गल्तिमा कुनै पश्चाताप नमानेको बताएको छ ।