प्रचण्डले भने, ‘वाम सरकारले मुठ्ठी खोलेर कृषिमा लगानी गर्नेछ’

सिन्धुली, ३ फागुन ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘ ‘प्रचण्ड’ले अब कृषिमा लगानी बढाउने बताएका छन् ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयको कृषि संकायतर्फको दोस्रो आगिंक क्याम्पसको भवन शिलान्यास तथा कक्षा उदघाट्न गर्दै प्रचण्डले भने, ‘वाम गठबन्धनको सरकारले कृषिमा मुठ्ठी खोलेर लगानी गर्नेछ ।’

कृषिमा आधारित उद्योगविना नेपालमा खोलिने कुनै पनि उद्योग दीर्घकालीन हुन नसक्ने बताए । अध्यक्ष प्रचण्डले नेपालको विकासका लागि व्यावसायिक र प्राविधिक शिक्षालाई जोड दिनुपर्ने बताए । उनले कृषिमा आधारित उद्योगलाई प्राथमिकता दिनुपर्नेमा भन्दै अब वाम गठवन्धनको सरकारले अनुसन्धानसहितको कृषि तथा अनुसन्धान केन्द्रको स्थापनालाई पहिलो प्राथमिकताका साथ अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति ईश्वरीप्रसाद ढकालले त्रिविले मन्त्रिपरिषद्को निर्णयलाई नमान्दा विश्वविद्यालय सञ्चालनमा नै समस्या भएको बताए । सिन्धुलीको मरिण गाउँपालिका–६ मा खुलेको कृषि क्याम्पसमा हाल ५० विद्यार्थी अध्ययनरत छन् ।