मलेसियामा धादिङका युवा यस्तो हालतमा, सक्दो शेयर गरी नेपाल फिर्तीका लागि सहयोग गरौं

काठमाडौं, ४ फागुन ।

धादिङ गंगाजमुना गाउँपालिका वडा नं. ५ फूलखर्कका रेशमबहादुर घर्ती भुजेल मलेसियामा अलपत्र अवस्थामा रहेको भिडियो सामाजिक सञ्जालमा छाएको छ । शारीरिक रुपमा अस्वस्थ भएपछि उनी काम छाडेका छन् भने सडकमा बेहाल अवस्थामा रहेको भिडियो र फोटोमा देखिन्छ ।

जापानमा रहेका गाउँबासी दीपेन्द्र अधिकारीले फेसबुक वालमा पोस्ट गरेको भिडियोमा उनले स्पष्टताका साथ आफ्नो र परिवारबारे खुलाएका छन् ।

उनका अनुसार काठमाण्डौ धुम्बाराही स्थित कालिञ्चोक म्यानपावरबाट उनी मलेसिया पुगेका हुन् । पठाउने एजेण्ट खगेन्द्र हुन् भनेर बताएका छन् ।

मलेसियाको इमिग्रेसनले दिएको भिजिट पासमा उनी सेक्युरिजी अज्गानमा काम गर्ने उल्लेख छ । उनले परिवारको नाम प्रतिभा भुजेल भनेका छन् भने बुबा बोधबहादुर घर्ती, आमाको नाम मेघमाया भुजेल बताएका छन् । भाइको नाम कमल भुजेल र भाइ काठमाण्डौमै सानोतिनो जब गर्ने खुलाएका छन् ।

उनका अनुसार सानोतिनो बिरामी पहिल्यैदेखि हो । पछिल्लो समय च्यापेको हो । कम्पनीले बस् सानोतिनो जागिर भनेका थिए । एक महिनाजति पनि भएको छैन काम छाडेको भनेर स्पष्ट पारेका छन् । मलेसियामा यसरी उनी अलपत्र छन् ।