केही कुरा अड्केर सास फेर्न सकिएन भने के गर्ने ?

१ वर्ष भन्दा कमका बच्चामा

बच्चाको मुख बाहिरबाटै खोलेर अड्केको चिज देखिन्छ कि भनेर हेर्नुसस् ।
देखियो भने झन् भित्र नधकेलिकन औलाले बिस्तारै निकाल्नुस् ।

नभए बच्चालाई हातमा वा थाईमा घोप्टो बनाई सुताएर हत्केलाले माथिल्लो ढाडमा ५ चोटी हान्नुस् ।
यति गर्दा नि भएन भने बच्चालाई आफ्नो तर्फ फ्र्काई सुताएर छातीको तल्लो भागमा दुईवटा औलाले टाउको तर्फ ५ चोटी धकेल्नुस् ।
तुरुन्त अस्पताल जादै यो तिनवटा उपायहरु पालैपिलो गर्दै गर्नुस् ।
१ वर्ष भन्दा ठूलो मानिसहरुमा

घोप्टो बनाएर वा अगाडी ढल्केर ढाडको बिचमा हत्केलाले ५ चोटी हिर्कानुस् ।
भएन भने

बिरामी पछाडी गएर दुवैवटा हात छातीको अगाडी लग्नुस् । एउटा हातले पेटको माथिल्लो भागमा मुड्की बनाउनुस् र अर्को हात मुड्की माथि राख्नुस् । अनि पेटलाई बेस्सरी माथि तान्नुस् जसले गर्दा अड्केको चिज बाहिर निस्कोस् । यो पाँच चोटिसम्म दोहोरानुस् । (Heimlich Maneuver)
यो प्रक्रिया फेरी पनि दोह्रोराउन सकिन्छ ।