‘म त बाँचेर फर्किएँ, भो तपाई चाहिं नजानुस् विदेश’ -राधिका माझी

रञ्जना लम्साल

राधिका माझी उमेरले भर्खर २१ बर्ष पुगिन् । तर उनको विहे भएको ५ वर्ष पुरा भयो । घरमा उनी,श्रीमान र दुई बर्षकी छोरी छन् । सम्पत्तिको नाममा एउटा सानो घर छ । ज्याला मजदुरी गरेर गुजाराचल्छ ।

दुवै श्रीमान् श्रीमति घर बनाउने श्रमिक हुन् । दुईजनाले दिनमा १ हजार कमाउँछन् । राधिकालाई अहिलेको काम प्रति कुनै गुनासो छैन । तर आफ्नो गाउँबाट कोहि महिला विदेश जाने रे भन्ने सुन्दाउनको खुट्टा थरथर काँप्छ ।

भक्कानिएर रुन मन लाग्छ । शरीर भारी हुन्छ अनि विदेश नजानुसदुःख हुन्छ भन्न मात्र मन लाग्छ । त्यहाँ पुगेर आफूले कुटाई खाएको, लुटिएको कुरा सुनाएर विदेशजान ठिक्क परेकाहरुलाई विदेश जानबाट रोकौं भन्ने पनि लाग्छ ।

तर उनलाई घर परिवार, समाजलेके भन्ला ? आफू लुटिएको कुरा बताएर कसरी बस्न सकिएला भन्ने त्रासले बोल्न रोक्छ । आफ्नोभविष्य सम्झेर उनी चुप लाग्छिन् ।

विदेश जानु अघि
१६ बर्षकी थिइन् राधिका । गाउँमा काम गर्न जाने क्रममा उनको एक युवासँग भेट भयो । मायाबस्यो । भागेर विहे गरे उनीहरुले । यसरी नै दुई बर्ष वित्यो । उमेर हुँदै केहि कमाउने दवाव बढ्दैगयो ।

गाउँका अरु पनि विदेश गएको देखेकी राधिकालाई पनि विदेश जाउँ-जाउँ लाग्न थाल्यो ।श्रीमानसँग सल्लाह गरिन् । ज्याला मजदुरीको कामबाट त्यति सन्तुष्ट नरहेका उनका श्रीमानले पनिविदेश जानु नै उचित ठाने । धेरै कमाउने आशाले राधिकाको मनमा डेरा जमायो ।

उनले माईतीमा भाउजुलाई आफू विदेश जाने मनस्थीतीमा रहेको कुरा सुनाईन । भाउजुको माईतीनजिकैकी एकजना ‘दिदी’ले विदेश पठाउने गरेको र उनी मार्फत गए राम्रो कमाई हुने कुरा भाउजुमार्फत सुनिन् राधिकाले । त्यसैले तिनै ‘दिदी’ मार्फत भारतको बाटो भएर लागिन् उनी विदेश ।दिल्लीमा वित्यो पहिलो महिना, भिषा पर्खेर ।

दिल्लीमा नै केहि आशंका थपियो । ति ‘दिदी’ले दिल्लीमा एकजना भारतीय व्यक्तिको जिम्मालगाईन् उनलाई । दिल्लीमा आफूलाई गरिएको व्यवहारले गर्दा विदेश नजाने निर्णयमा पुगिसकेकीथिईन् ।

उनी तर घर फर्किने कुनै उपाय थिएन । एउटा कोठामा बन्धक बनाएर राखिएको थियो ।झिनो आशा थियो सायद विदेश गए पछि उनको जीवनमा परिवर्तन आउने छ भन्ने । त्यसैलेविदेशको बाटो हिंडिरहिन् उनी ।

एक महिनाको दिल्ली बसाईपछि उनी पुगिन् युएई । त्यहाँ पुगेपछि पनि एउटा कोठामा राखियो ।त्यहाँ उनी लगायत अरु धेरै नेपाली दिदीबहिनी थिए । युएई पुगेपछि आफु नराम्रो ठाउँमा आईपुगेंजस्तो लाग्न थाल्यो राधिकालाई ।

युएईमा उनी १५ दिन बसिन् । त्यसपछि उनी कुवेत पुर्याइन् । त्यहाँ पुगेपछि एउटा घरमा काम गर्नपठाइयो । सो घरका सदस्यले उनलाई नराम्रो व्यवहार गर्न थाले ।

काम गरेको चित्त नबुझेपछि घरमालिक्नि पिट्न आउँथिन् । न पेटभरी खाना थियो, न त रातमा निन्द्रा नै । राती २ बजेसम्म पनि सुत्नेटुङ्गो हुँदैनथ्यो । बिहान ४ बजे उठ्नै पर्ने नत्र कुटाई खानु परिहाल्थ्यो ।