नेपाल आइडल बिजेता बुद्ध लामाले कार पाएको समाचार झूटो! बुद्ध यस्तो भन्छन (हेर्नुहोस भिडियो)

काठमाडौं, २५ फागुन ।

केही समय आगाडी नेपाल आइडल बिजेता बुद्ध लामाले अझै आफुले जितेको पुरस्कार महेन्द्र के यु भी कार पाएका छैनन् । बुद्धले एउटा अडियो मार्फत कार नपाएको खुलासा गरेका हुन् जुन सामाजिक संजालमा निकै भाइरल भैरहेको छ । अडियोमा उनले भनेका छन् “आठ महिना भैसक्यो धाउदा धाउदै धेरै दुख पाइसके, अझै कति धाउनु र गाडी लैजाने हो भने भन्सार ट्याक्स बापतको आठ लाख रुपैया लिएर आउनु गाडी लैजानु भन्छन र घरमा एक रुपैया छैन र मैले कहाँ बाट ल्याउनु तेत्रो पैसा, ल मेरो यो समस्या कसरि बाहिर ल्याउन सकिन्छ सहयोग गरिदिनु पर्यो” ।

अडियोमा बिजेता भएको आठ महिनामा पनि आयोजकले दिने भनेका कार नदिएको जनाएका छन । चौबिस लाख पर्ने कारको ट्याक्स झन्डै आठ लाख पर्ने र उक्त रकम तिरे पछि मात्रै कार पाउने आयोजकले बुद्धलाई भनेका छन् । बुद्धले उक्त रकम नतिर्दा कार पाउन सकेका छैनन् । यस अघि नै बुद्धलाइ कार दिइएको बताइएको थियो तर अहिले सम्म बुद्ध लामाले कार पाएका रैनछन् ।

(हेर्नुहोस भिडियो)