‘नेप्टे’ को ट्रेलर रिलिज , प्रेममा भिलेन बने दयाहाङ (ट्रेलर सहित)

काठमाडौं, २९ फागुन ।

मल्टिस्टारर चलचित्र ‘नेप्टे’ को आज ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा नायक रोहित रुम्बा र नायिका छुल्ठिम गुरुङ्गको प्रेममा दयाहाङ भिलेन बनेका छन् । प्रेम, रोमान्स, एक्सन सहितको ‘नेप्टे’ मा कमेडी संवादहरु पनि समाबेश गरिएका छन् । चलचित्रका अन्य कलाकारहरु ए गुरुङ, वुद्दि तामाङ लगायतका कलाकारले दर्शकहरुलाई निकै हसाउँन सक्छन् ।

चलचित्रमा जय किशन बस्नेतलाई फिल्ममा केमियो कैमियोको रोलमा देखिनेछन् । रोहित रुम्बाद्वारा निर्मित मल्टिस्टारर यस चलचित्रमा दयाहाङ राई, छुल्ठिम गुरुङ, रोहित रुम्बा, वुद्दि तामाङ, पुर्णिमा लामा, प्रनिशा सिलवाल, ए गुरुङ लगायतका कलाकारहरुको अभिनय रहेको छ । किरण माइकलको पटकथा, संवाद र रोहित रुम्बाको कथा रहेको ‘नेप्टे’ लाई देव कुमार श्रेष्ठले निर्देशन गरेका हुन् । नेप्टे चैत्र ३० गते रिलिज हुँनेछ जुन मितीमा प्रदिप खड्काको लिलिबिलीको पनि रिलिज हुँदैछ ।