प्रेम राई बचाउ अभियानमा थप सहयोग रकम जुट्दै

काठमाडौं, ५ चैत्र ।

साउदी अरबमा कम्पनीको सामान ढुुवानी गर्ने क्रममा सामान चोरी भएपछि जेल परेका प्रेम राईलाई बचाउनका लागी अहिले संसारभरी विभिन्न स्थानमा नेपालीहरु आर्थिक संकलन अभियानमा लागेका छन् ।
झन्डै ९५ लाख रुपैयाँ बराबर नगद चाहिने भएपछि विभिन्न स्थानमा प्रेम राई बचाउ अभियान चलाएर आर्थिक संकलन अभियान थालिएको छ । त्यसै अन्र्तगत इलाम दानाबारीका बुद्धराज योङहाङ पनि खटिएका छन् । सुुभाङजया स्थित कोरियन रेष्टुरेन्टमा काम गर्दै आएका बुद्धराजले एकल तथा साथीहरुको सहयोगमा प्रेम राई बचाउ अभियान चलाएर नेपाली १ लाख ७० हजार ५ सय ७७ रुपैया उठाएर अकबर रेमिट केएलबाट नेपाल पठाएका छन् ।
स्थानीय प्रतिनिधिको रोहबरमा प्रेम राईकी श्रीमति सरिता राईलाई बुुझाउने गरी प्रेम राईका छिमेकी दिल्लीकुुमार राईको नाममा पठाइएको उक्त रकमले प्रेम राई बचाउ अभियानमा सहयोग पुुग्ने कुरामा योङहाङ आश्वस्त छन् ।
सुरुवाति चरणमा सूभाङ एयरपोर्ट, केएल एरिया र नेपाली रेष्टुरेन्ट, पुचुुङ एरियाबाट सहयोग संकलन गरिएको थियो । अभियान अझ पनि जारी रहने जानकारी गराउदै योङहाङले आफूले सबै हिसाब पारदर्शी राखेको र कसैलाई हिसाबको बारेमा जानकारी चाहिएमा आफूले दिनसक्ने बताए । साथै अन्य कोहि इच्छुक सहयोगी हुनुहुन्छ भने आफूलाई ०११२८००५५९१ म सम्पर्क गर्न अनुरोध गरे ।