ओलीले दम्भ देखाएको देउवाको आरोप

चितवन, ५ चैत ।

नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले न्यायालयमाथि हस्तक्षेप गरेको आरोप लगाएका छन् ।

निजामति कर्मचारी युनियन संघको चितवन रत्ननगरमा सुरु भएको सातौं महाधिवेशन उद्घाटन समारोमा उनले ‘केपी ओली नेतृत्वको सरकारले प्रधानन्याधीश गोपाल पराजुलीलाई पद मुक्त गर्न बाध्य बनाएर न्यायलयमाथि हस्तक्षेप गरेको छ’, भने ।

सभापति देउवाले प्रधानमन्त्री ओलीले दुई तिहाई बहुमतको दम्भ देखाएर न्यायलयमाथि हस्तक्षेप गरेको भन्दै त्यो कांग्रेसले सहन नसक्ने बताए ।

कांग्रेस स्वतन्त्र न्यायलय र स्वतन्त्र कर्मचारी तन्त्रको पक्षमा रहेको भन्दै उनले सरकारले यी दुई अंगमा हस्तक्षेपकारी भूमिका खेले कांगेसले त्यसको विरुद्ध डटेर सामाना गर्ने बताए ।

कर्मचारी सरुवा, बढुवामा वर्तमान सरकारले हस्तक्षेप गर्ने सम्भावना बढेको भन्दै सभापति देउवाले त्यसो गरिए कांग्रेस चुप लागेर नबस्ने बताए ।