यी १० होटल जुन सुविधासम्पन्न तर सस्ता छन्, एक रातको कति पर्छ ?

कचहरी शर्मा

काठमाडौं, ६ फागुन । पर्यटक स्तरका होटल भन्ने वित्तिकै महँगो हुन्छ भन्ने भान धेरैलाई पर्छ । कम पैसामा कहाँ होटल पाइन्छ ? यो सबैको चासो र खोजीको विषय समेत हुने गरेको छ ।

तर, नेपालमा राम्रा पर्यटक स्तरका होटलमा १ हजार २ सय देखि ३ हजार रुपैयाँ सम्ममा पाइन्छ भन्ने धेरैलाई थाहा नहुन सक्छ । ट्रिप एड्भाजरीले केही समय अगाडी नेपालका सस्ता तर राम्रा होटलहरुको सूची सार्वजनिक गरेको थियो । जसमा नेपालका १० सुविधासम्पन्न र सस्ता होटल समावेश छन् ।

हेर्नुहोस् सूची:

१. होटल क्रिष्टल प्यालेस

पोखराको लेकसाइडमा रहेको होटल क्रिष्टल प्यालेस यो सूचीमा समावेश छ । यहाँ २ हजार ५ सय १० रुपैयाँमा एक रात बस्न पाइन्छ । लेक साइड क्षेत्रको चर्चित होटलमा गनिने यो होटल सस्तो बजेटमा पोखरा घुम्न जानेहरूका लागि उपयुक्त हुन सक्छ ।

२. होटल सिल्भर होम

काठमाडौंको ठमेलमा रहेको होटल सिल्भरमा एक रातको १ हजार ३ सय ५३ रुपैयाँमा बस्न पाइन्छ । तातो तथा चिसो पानी, यट्याच बाथरूम लगायतका सुविधा यो होटलमा उपलव्ध छन् ।

३. ड्रिम नेपाल होटल एन्ड अर्पाटमेन्ट

काठमाडौंको ठमेलमा रहेको अर्को होटल ड्रिम नेपाल होटल एन्ड अर्पाटमेन्ट पनि सस्तो होटलको सूचीमा छ । एक रातको २ हजार ८ सय ९४ रुपैयाँ खर्च गर्दा विदेशी पर्यटकले पाउने सेवा सुविधा सहित बस्न पाइन्छ ।

४. होटल ट्रेकर्स इन

पोखरामा रहेको होटल ट्रेकर्स इन मा १ हजार २ सय रुपैयाँ खर्च गर्दा विदेशी पर्यटकले बस्न पाउने सुविधामा बस्न पाइन्छ ।

५. काठमाडौं इको होटल

काठमाडौंको ठमेलमै रहेको इको होटलमा एक रातको ३ हजार रुपैयाँमा सेवा सुविधा सहितका रूम पाइन्छन् ।

६. होटल फेमिली होम

काठमाडौैंको ठमेलमा रहेको होटल फेमिली होममा १ हजार ४ सय ४१ रुपैयाँ खर्च गर्ने हो भने एक रात बस्न पाइन्छ ।

७. होटल हिमालयन इन

पोखरामा रहेको होटल हिमालयन इनमा एक रातको १ हजार ६ सय ७३ रुपैयाँ खर्च गर्ने हो भने विदेशी पर्यटकै सेवा सुविधामा बस्न पाइन्छ ।

८. होटल व्लु होराइजन

काठमाडौको ठमेलमै रहेको होटल व्लु होराइजनमा एक रातको १ हजार २ सय रुपैयाँमा एक रात बस्न सकिन्छ ।

९. काठमाडौं होम होटल

काठमाडौंको होम होटल पनि अर्को सस्तो होटल हो । यहाँ एक रातको २ हजार ५ सयरुपैयाँमा तिरेर बस्न सकिन्छ ।

१०. जंगल सफारी लज

चितवनको सौराहमा रहेको जंगल सफारी लजमा एक रातको जम्मा २ हजार ५ सय ३७ रुपैयाँ मात्रै खर्च गरे पुग्छ । जहाँ विदेशी पर्यटकलाई दिइने सवै सेवा सुविधा नेपालीले पनि पाउने गर्दछन् ।