‘सलाम भाञ्जी’ बोलको गीत बजारमा ब्यापक चर्चा कुमार र बबिना दङ्ग ( भिडियो सहित )

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

हास्यव्यंग्य गायक कुमार न्यौपानेले ‘सलाम मामा सलाम’ बोलको गीत बजारमा ल्याएका छन्। उनले गायिका पवित्रा गुरुङसँगको सहकार्यमा लोकपप गीत बजारमा ल्याएका हुन्। लोकप्रिय गीत ‘ढाका टोपी मैलो’ बोलको हास्यव्यंग्य गीतका सर्जक कुमारले ‘सलाम मामा सलाम’ बोलको गीत युटुबमार्फत् सार्वजनिक गरेका हुन्। रामप्रसाद न्यौपानेको शब्द तथा लय रहेको यस गीतको म्युजिक भिडियोमा मोडल बबिना पौडेल र कुमार न्यौपाने मामा-भाञ्जीको रूपमा प्रस्तुत भएका छन्। भिडियोमा डान्स ग्रुप विशाल एण्ड ग्रुपको समेत अभिनय रहेको छ। विकास श्रेष्ठ ‘मिलन’ले निर्देशन गरेको म्युजिक भिडियोको छायांकन प्रदीप गुरुङले गरेका छन्। भिडियोलाई साईराम पिक्चर्सले निर्माण गरेको हो।

भिडियो :

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...