मिना ढकालको दोस्रो गीतको म्यूजिक भिडियो सार्वजनिक

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

हाँस्यव्यंग्य कलाकार मनोज गजुरेलकी पूर्वपत्नी मिना ढकालले बजारमा ल्याएको दोस्रो गीत म्यूजिक भिडियो सावैजनिक गरेका छन् । उनको पहिलो गीतको अत्यधिक उपहास भएको थियो र यूट्यूवमा लाइकभन्दा डिस्लाइक धेरै आएका थिए । यसपाली भने मिनाका लागि खुशीको समाचार छ ।

अहिलेसम्म गीतमा डिस्लाइकभन्दा लाइक धेरै आएका छन् । डिस्लाइक ७ सयभन्दा बढि र लाइक १५ सयभन्दा बढि छन् । कमेन्टहरुमा धेरैले अघिल्लो भन्दा केही सुधार भएको जनाएका छन् । कतिपयले भने फेरि पनि खिल्ली उडाएका छन् ।
मिना ढकाल आफैंले यो गीत लेखेकी हुन् । उनले मोडलिङ चाहिँ विवादास्पद मोडल सोनिका रोकायालाई गराएकी छिन् । अघिल्लो गीतमा आफैं मोडलिङ गरेकी थिइन् ।
कमेन्टमा कतिपयले सोनिकासँग मुकुन्देको जोडी बनाएको भए फिट हुने बताएका छन् । कतिपयले चाहिँ उनको प्रशंसा पनि गरेका छन् । गीतलाई अहिलेसम्म करिब ७६ हजार पटक हेरिसकिएको छ । गीतमा राज श्रेष्ठले संगीत भरेका हुन् ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...