सिन्धुपाल्चोकमा भेटिए अर्का प्रतिभाका खानी रविन्द्र नेपाल ( भिडियो सहित )

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, १५ जेठ ।

मानिसभित्र कुनै न कुनै प्रतिभा लुकेको हुन्छ, त्यसलाई खोजि गरेर उजागर नगरुन्जेलसम्म प्रतिभा विक्षिप्त रुपमा रहन्छ भने अर्को व्यक्ति त्यस्ता प्रतिभाबाट अनभिज्ञ हुन्छन् र प्रतिभावान व्यक्तिको प्रतिभा ओझेल पर्नजान्छ । समग्र रुपमा हेर्दा यसबाट व्यक्तिलाई त घाटा छँदैछ राष्ट्रलाई पनि घाटा हुनजान्छ । नेपालमा साँच्चै भन्ने हो भने राज्यले अभैm व्यक्ति पहिचान गर्दै राष्ट्रको उत्थानका लागि प्रयोग गर्ने काम गर्न सकेको छैन । राज्य र प्रशासन लोसे भइदिँदा र निहित स्वार्थमा अल्झिदिँदा ३ करोड नेपालीको दिनचर्या र जीवन उराठलाग्दो बन्दै गइरहेको छ । यस कुराको उदाहरणको रुपमा क्षमतावान व्यक्तिहरु राज्यबाट पलायन भइरहेको अवस्थालाई लिन सकिन्छ ।

ढुँगा हान्ने, रेलिङ्ग भाँच्ने, चन्दा असुल्ने र आफुपनि बिग्रिने र अरुलाई पनि बिगार्नेहरुबाट त न देशको उत्थान हुनसक्छ न जनताले सुख पाउन सक्छन् । यहाँ त प्रतिभावान र क्षमतावान व्यक्तित्वहरुलाई बाईपास गरिएको अवस्था छ । तसर्थ त्यस्ता व्यक्तिहरुलाई खोजि गर्दै राष्ट्रको लागि योगदान गर्ने स्थान उपलब्ध गराइदिने हो भने देशलाई स्वदेशी तथा विदेशी जनसमुदायको माझ चिनाउन र प्रगतिको गतिमा दौडाउन कुनै विदेशी र दाताहरुको मुख ताक्नुपर्ने अवस्था रहँदैन ।

यसै क्रममा फिल्मी सन्देशको टिमले एउटा लुकेर रहेका भर्खरैमात्र १२ कक्षाको परीक्षा दिई क्यारी केचरको क्षेत्रमा अगाडि बढ्ने उद्देश्यका साथ काठमाडांै छिरेका चौतारा, सिन्धुपाल्चोकका नवप्रतिभा रविन्द्र नेपाललाई जनमानसमा चिनाउने प्रयासस्वरुप यूट्युवमा अन्तर्वार्ता अपलोड गरेको छ । मानिसमा रहेको सिपलाई उजागर विभिन्न बाटाहरु प्रयोग गरेर देश र जनताको लागि महत्व राख्न सक्ने व्यक्तिलाई माथि उठाउनु समयको माग र आवश्यकता पनि हो ।

रविन्द्र मौकाको खोजिमा छन् र बाटाहरु खोज्दैछन्, यस्तै राज्यभित्र यस्ता व्यक्तिहरु हुन सक्छन् जुन कुराको खोजि सम्बन्धित निकायले गर्नु जरुरी छ । युवालाई देशभित्रै केहि गर्ने मनोबल बढाउँदै सोहि अनुरुप सरकारी निकायले ध्यान दिने हो भने युवा विदेश पलायन हुने कार्यलाई पूर्णविराम लगाउने काम पनि असहज होला भन्न सकिन्न । फिल्मी सन्देशले यस्ता कार्यलाई बढावा दिन सदैव प्राथमिकताका साथ अगाडि बढ्ने लक्ष्य लिएको छ । आशा छ, यस प्याटफर्मबाट रविन्द्र पनि प्रतिस्पर्धात्मक रुपमा बाहिर आउन सकुन् भन्ने हाम्रो टिमको कामना छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...