मद्य रातमा क्रान्तिकारी माओवादीका बरिष्ठ नेता सीपी गजुरेलसहित ५४ नेता कार्यकर्ता गिरफ्तार

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २९ बैसाख ।

प्रहरीले नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य सीपी गजुरेलसहित ५४ जना नेता कार्यकर्तालाई गिरफ्तार गरेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुस्ताङ नेभ्रमण, अरुण तेस्रोको शिलान्यास, भारतीय हतियारधारी कमान्डो नेपाल प्रवेश तथा ओली–मोदी गठबन्धनका विरुद्ध शनिबार पूर्वघोषित कार्यक्रम अनुसार शनिबार जुलुश प्रदर्शनको क्रममा हस्तक्षेप गरी प्रहरीले उपत्यकासहित देशैभरबाट ५४ जना नेता कार्यकर्तालाई गिरफ्तार गरेको हो ।

विरोध जुलुस तथा प्रदर्शनको क्रममा काठमाडौंको रत्नपार्कबाट पार्टीका स्थायी समिति सदस्यतथा देशभक्त जनगणतान्त्रिक मोर्चाकाअध्यक्ष सपी गजुरेल, पी.वि.एम.द्वयकमलचौधरी तथापवनमानश्रेष्ठ, सिसिएम सुरेश श्रेष्ठ, शारदा महत, रमेश पौडेल, खगेन्द्र छन्त्याल, इन्दिरा अधिकारी, टेकबहादुर विक, शोभाविश्वकर्मा, मनोज बुढाथोकी, भूमि बुढाथोकी, सुरेन्द्र राई, मधु राई, जितबहादुर लामा, सुमित्रान्यौपाने, अर्जुनलालश्रेष्ठ, प्रेम तामाङ, नमस्ते सायमी, कर्ण विसी, मंगलतामाङ, ज्ञानेन्द्र प्रजापति, सरोज मोक्तान, बद्रहरि नेपाल, दीलबहादुर तामाङ, सुरेश तामाङ, फडिन्द्र कार्की, बालकुमार सुनारसहित २९ जनालाई गिरफ्तार गरिएको क्रान्तिकारी माओवादीले जनाएको छ ।

यसैक्रममा हिजो काठमाडौंको असनमाअवस्थित नेकपा (क्रान्तिकारी) को जिल्लाकार्यालयबाट पार्टीका केन्द्रिय समिति सदस्यद्वयअमिर महर्जन तथा हरिकृष्ण गजुरेल, देशभक्त जनगणतान्त्रिक मोर्चाका केन्द्रीय सदस्यगोर्की श्रेष्ठका साथै अरुण तेस्रो शिलान्यासका विरुद्ध अनसनरत अनेरास्ववियू (क्रान्तिकारी) का केन्द्रीय सचिवतथा काठमाडौंका संयोजक महेश श्रेष्ठ, केन्द्रीय सदस्यहरु जितेन्द्र लम्साल, संघर्ष दाहाल सहित ९ जना नेताकार्यकर्ताहरुलाई पनि गिरफ्तार गरी प्रहरी हिरासतमा राखिएको छ ।

त्यसैगरी बुटवलमा आज विरोध प्रदर्शनको क्रममा पार्टी पिविएमतथा देजमो ५ नं. प्रदेश संयोजक केवी गुरुङ, प्रेम रिमाल र समाचार संकलनको लागिगएकापत्रकार रवि पाण्डेलाई गिरफ्तार गरेको छ । पत्रकार भएको परिचय देखाउँदा देखाउँदै पनि लछार पछार पारेर गिरफ्तार गरेको पत्रकार पाण्डेले बताए ।

उता नेपालगञ्जमा पनि विरोध जुलुस र प्रदर्शनको क्रममा बाँकेका पार्टी सेक्रेटरी अर्जुन, भूकम्प, विराट, विशाल शाही र कैलालीमा देजमोका ७ नं. प्रदेश संयोजक रामबहादुर केसी, टंक कोइराला र केशव साउदललाई पनि विरोध प्रदर्शनको क्रममा गिरफ्तार गरिएको छ ।

यो हस्तक्षेप र गिरफ्तारीलाई क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य‘किरण’ले एक वक्तव्य जारी गर्दै आफ्ना नेता कार्यकर्ता तत्काल रिहा गर्न माग गरेको छन् ।

‘एकातिर भारतीय विस्तारवादद्वारा नेपालको राष्ट्रिय स्वाधीनतामाथि गरिंदै आएको हस्तक्षेपको अत्यन्तै भद्दा नमूना हो ।’ महासचिव किरणले भनेका छन् -‘अर्कोतिर आफूलाई देशभक्त, वाम तथा कम्युनिस्ट भनाउने ओली सरकारको निकृष्ट दलाली तथा राष्ट्रिय आत्मसमर्पणवादको निर्लज्ज उदाहरण हो ।’

। उन सरकारको यो कदमलाई जनताको विरोध प्रदर्शन गर्ने मौलिक अधिकारलाई कुल्चने घोर फासीवादी क्रियाकलाप भनेका छन् । नेपाल कम्युनिष्ट पार्टी, क्रान्तिकारी माओवादी लगाएतका पार्टीहरुले ओलीले गरेको जनघातका बिरुद्ध शनिबार काठमाडौंसहित देशभर प्रदर्शन गरेका छन् ।

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुस्ताङ नेभ्रमण, अरुण तेस्रोको शिलान्यास, भारतीय हतियारधारी कमान्डो नेपाल प्रवेश तथा ओली–मोदी गठबन्धनका विरुद्ध नेपाल कम्युनिष्ट पार्टीले (भोलि) आइतबार नेपाल बन्द आवहान गरेको छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...