‘मह’ जोडी अमेरिकाबाट पालिँदै आएको खुलासा, चौतर्फी आलोचना

हाम्रो सन्देश संवाददाता

६ जेठ, काठमाडौं ।

चर्चित हाँस्यव्यग्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अमेरिकाबाट पालिदै आएको खुलासा भएको छ ।

‘मह’ जोडीबाट चिनिएको श्रेष्ठ र आचार्यले नेपालस्थित अमेरिकी दूतावासबाट करोडौ रकम बुझ्दै आएको खुसाला भएको हो । उनीहरुले ‘मह’ संचार नामक संस्थाको नामबाट विभिन्न मितिमा सात पटक रकम लिएको बताइएको छ । पटकपटक गरी पाँच लाख ६ सय अमेरिकन डलर रकम लिएका छन् । यो नेपाली रुपैयाँ झण्डै साढे ५ करोड हुन आउँछ ।

कलाकार श्रेष्ठ र आचार्यले जनतामा सचेतना जगाउने तथा सूचनामूलक फिल्म बनाउने बहानामा रकम लिएको बताइएको छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
PropellerAds
Loading...