आज बजारमा सुनचाँदीको भाउ कति छ ?

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, २३ जेठ ।

बुधबार सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेको छ । मंगलबार ५८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन बुधबार ५८ हजार १०० पुगेको हो ।

त्यस्तै, तेजावी सुन बुधबार ५७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता, चाँदी प्रतितोला ७६५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य अघिल्लो कारोबारको तुलनामा ५ रुपैयाँ बढेको हो ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...