प्रधानमन्त्रीमाथि खनिए देउवा, भन्छन्- ओली राष्ट्रवादी नभई लम्पसारवादी हो

हाम्रो सन्देश संवाददाता

धनगढी, २६ जेठ ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा राष्ट्रवादी नभई लम्पसारवादी भएको आरोप लगाएका छन् ।

शुक्रबार कैलाली जिल्ला अधिवेशन उद्घाटन गर्दै सभापति देउवाले भारतलाई ‘जि हजुरी’ गरेर सबै भारतलाई बुझाउने काम गरेको बताउँदै प्रधानमन्त्री ओलीलाई लम्पसारवादीको आरोप लगाएका हुन् ।

विपक्षी दलका नेता देउवाले आफ्नो पालामा गौरीफन्टा नाका खोल्न सहमति गरेको भन्दै त्यसलाई वर्तमान सरकारले बन्द गर्ने षड्यन्त्र गरेको भन्दै प्रधानमन्त्री ओलीको आलोचना गरे ।

एक फरक प्रसंगमा उनले अन्तरघात भएको कारण पार्टीले २५-३० गुमाएको उल्लेख गर्दै अन्तरघातीलाई कारबाही गर्ने दाबी समेत गरे । उनले पार्टीलाई पुरानै अवस्थामा फर्काएर मात्र विश्राम लिने बताए ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...