,यस्तो रहेको छ नियम: शनिबार र आइतबारको कोरियाली भाषा परीक्षा लागि

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २६ जेठ ।

रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया शाखाले दक्षिण कोरिया जाने कामदारका लागि लिइने भाषा  परीक्षा शनिबार र आइतबार हुने भएको छ । परीक्षामा ८२ हजार २६४ परीक्षार्थी सहभागी हुने इपिएस भाषा परीक्षाका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिए । परीक्षा लिन कोरियाबाटै ६३ जनाको विज्ञ टोली नेपाल आइसकेका छन् ।

बिहान १० बजेदेखि पहिलो चरण र अपराह्न २ बजेदेखि दोस्रो चरणमा सञ्चालन हुने परीक्षामा परीक्षार्थी तोकिएको समयभन्दा एक घण्टा अगावै उपस्थित नभए परीक्षामा सहभागी हुन नपाइने जानकारी उनले दिए । काठमाडौँमा १६, ललितपुरमा आठ र पोखरामा चार परीक्षा केन्द्र रहने छन् ।

काठमाडौं, ललितपुर र पोखराका बिभिन्न सेन्टरहरुबाट परीक्षा लिइने छ । त्यसका लागि २८ वटा केन्द्र तोकिएको छ । शनिबार सार्वजनिक गरिएको सुचनामा भाषा परीक्षा दुई सिफ्टमा हुने भएको छ । पहिलो सिफ्ट बिहान ८ बजेदेखि १० बजेसम्म र दोस्रो सिफ्ट १२ बजेदेखि ४ बजेसम्म हुने ईपीएस कोरिया शाखाले जनाएको छ ।

कामको लागि कोरिया जान इच्छुकहरुले भाषा परीक्षा उत्तीर्ण अनिवार्य रहेको छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...