रोनाल्डो र मान्जुकीको गोलमा युभेन्टस् विजयी

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ९ मंसिर ।

इटालियन लिग सेरिया ए अन्तर्गतको खेलमा युभेन्ट्सले सोसिएटा पोलिसपोर्टिभाविरुद्ध जित निकालेको छ । शनिबार राति सम्पन्न खेलमा एसपीएएलविरुद्ध युभेन्ट्सले २–० गोलको जित दर्ता गरेको हो ।

युभेन्ट्सको घरेलु मैदानमा सम्पन्न खेलमा खेलको २९ औं मिनेटमा क्रिस्टियानो रोनाल्डो तथा ६० औं मिनेटमा मारियो मान्जुकीले गोल गरेका थिए ।

जितसंगै शीर्ष स्थानको युभेन्ट्सले लिगमा ९ अंकको अग्रता बनाएको छ । युभेन्ट्सले १३ खेलबाट ३७ अंक जोडेको छ । दोस्रो स्थानको इन्टर मिलानको २८ अंक छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...