चम्किए नेपाली चेलीः लगातार तेस्रो खेलमा विजयी, टोली सेमिफाइनल प्रवेश

हाम्रो सन्देश संवाददाता

काठमाडौं, पुष ३० ।

थाइल्याण्डमा जारी थाइल्याण्ड महिला टी-ट्वान्टी स्म्यास क्रिकेटको तेस्रो खेलमा पनि नेपाल विजयी भएको छ । यूएइविरुद्ध भएको खेलमा नेपाल ६ विकेटले विजयी भएको हो । यो जितसँगै नेपाल सेमिफाइनल प्रवेश गरेको छ ।

बैंककमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १०५ रन बनायो। उसका लागि ईशा ओजाले २८, छाया मुगहालले ३१ चमानी सेनेभिराथानेले २३ रन बनाइन्। नेपालका लागि सिता राना मगर, सोनु खड्का र करूणा भण्डारीले १-१ विकेट लिए।

१०६ रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको नेपालले १९ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । उसका लागि सीता राना मगरले ३७, काजल श्रेष्ठले २८ रन प्रहार गरिन् । पहिलो खेलमा नेपालले चीनलाई १० विकेटले हराएको थियो । यस्तै आइतबार भएको दोस्रो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...