वाइडबडी प्रकरण : कांग्रेस सभापति देउवाले खोले रहस्य

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, ३० पुस ।

पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वाइडबडी विमान खरिद प्रकरणमा आफ्नाे कुनै संलग्नता नरहेकाे बताएका छन् ।

धनगढीमा आयाेजित एक पत्रकार सम्मेलनमा बाेल्दै उनले नेपाल वायुसेवा निगमले भित्र्याएका दुईवटा वाइडबडी विमान खरीदमा भएको अनियमिततामा आफ्नाे कुनै संलग्नता नरहेको स्पष्ट पारेका हुन्।

आफू सरकारकाे नेतृत्वमा रहँदा साे विमान खरिदबारे कुनै काम नभएकाे भन्दै देउवाले आफ्नो नाम जोडेर भ्रम सिर्जना गर्न खोजिएको आराेप लगाए । उनले आक्राेशित मुद्रामा प्रश्न गरे, ‘मेरो पालामा वाइडबडी खरिदबारे कुनै काम नै भएको छैन, अनि कसरी मेराे संलग्नता भयो ?’

केपी शर्मा ओली पहिलाेपटक प्रधानमन्त्री भएकाे बेला तत्कालीन सरकारले नै साे विमान खरिदबारे महत्वपूर्ण निर्णय गरेको दाबी गर्दै देउवाले प्रचण्ड प्रधानमन्त्री भएका बेला सरकार नै जमानत बसेर बोलपत्र खाेल्ने निर्णय भएको बताए ।

उनले आली सरकारकाे पालामा जहाज भित्रिएकाे र त्यसमा हाल नेकपा अध्यक्ष रहेका ओली-प्रचण्डको नै प्रतक्ष संलग्नता रहेकाे आशय दिँदै साे‍ प्रकरणमा आफ्नाे संलग्नता नरह‍ेकाे प्रष्ट पारे ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...