फेसबुकमा आफ्नो फेक आईडी बनाएर चरित्र हत्या गरिएको भन्दै सावित्रीको आक्रोश

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, ३० पुस ।

मानवअधिकारकर्मी सावित्री सुवेदीले सामाजिक सञ्जाल फेसबु्कमा नक्कली आईडी बनाएर आफ्नो चरित्रहत्या गर्न खोजिएको प्रति गम्भीर आपत्ती जनाएकी छन् । बलात्कार र महिला हिंसाका विरुद्ध पटकपटक आवाज बुलन्द गर्दै आएकी सावित्रीले केही बलात्कारी मानसिकता भएका मानिसहरुले आफूलाई झुठो र कपोलकल्पित आरोप लगाएको भन्दैँ फेसबुक स्टाटसमार्फत आक्रोश पोखेकी छिन् ।

“बच्चिहरुका जिवन चुसेका ब्वासाहरुले मेरो बिरुद्द यस्ता झुठा आरोप लगाएर मलाई झुठ बनाउन खोज्दैछन्, उनले फेसबुकमा लेखेकी छिन्, यो आरोप प्रमाणीत गरेर कार्वाहि गर्न म खुल्ला छु । अरु अपराधी लाई कार्वाहि गराउने मलाइ अपराध गर्न छुट छैन । तर यिनलाई एउटै अनुरोध , आरोप लगाउने मान्छे अघि लेउ, पैशा खाए को प्रमाणीत गर , मलाई जेल पठाउं । तर फेक कुरा तयार गर्न समय खर्चेर मेरो चरित्र हत्या नगर । यसको मुल्य धेरै महंङो हुनेछ ।”

मलाई जोडेर सामाजिक संजालमा पैशाको बार्गेनिङ गरेको, अनेक मान्छेसंग फोटो जोडेर बाहिर आएको छ भनेर मेरा सुभचिन्तक हरुले मलाई के हो भनेर सोध्नु भएको छ । म यस्ता हुदैं नभएको कुराको बारेमा चासो नै नराखौ भन्ने सोचमा थिएं । तर धेरैले केहो केहो भन्नु भएकोले केहि लेख्दैछु, भनेर फेसबुक स्टाटस लेखेकी छिन् ।

उनको फेसबुक स्टाटस यस्तो छः–

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...