सुनको भाउ बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

हाम्रो सन्देश संवाददाता

काठमाडौ,७ माघ ।

साताको दोस्रो दिन सोमबार सुनको भाउ तोलमा रु १०० ले बढेको छ । सोमबार सुनको भाउ तोलामा ६० हजार ९०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार सुन तोलामा ६० हजार ८०० मा कारोबार भएको थियो ।

यस्तै सोमबार तेजाबी सुन तोलमा ६० हजार ६०० मा कारोबार भइरहेको छ ।

यस्तै चाँदी तोलमा रु ७५५ मा कारोबार भइरहेको छ । आइतबार पनि सुन यही मूल्यमा कारोबार भएको थियो ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...