सेयर–बजार : नेप्से उच्च अंकले घट्यो

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ७ माघ ।

आज सोमबार पनि नेप्से उच्च अंकले घटेको छ । नेप्से आज १० दसमलव ८६ अंकले घटेर ११ सय ६८ दसमलव छ अंकमा पुुगेको छ भने सेन्सिटिभ एक दसमलव ८७ अंकले घटेर दुुई सय ४७ दसमलव ६१ अंकमा पुुगेको छ ।

एक सय ६६ कम्पनीहरुको ११ हजार नौ सय ७५ वटा कारोवारमा १२ लाख ६५ हजार सात सय ८६ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम ३६ करोड ७७ लाख छ हजार छ सय ३८ रुपैयाँको कारोवार भएको छ ।

नेप्सेमा आज ११ वटा समुहको कारोवार भएकोमा फाईनान्स बाहेक सबै समुुहको सुचक घटेका छन् । बाँणिज्य बैंक समुहको सुचक चार दसमलव ६२ अंकले घटेर नौ सय ९७ दसमलव नौ अंकमा पुुगेको छ ।

बिकास बैंक समुहको सुचक पनि सात दसमलव ७६ अंंकले घटेर १४ सय ४७ दसमलव ५१ अंकमा झरेको छ । यसैगरी निर्जिवन बीमा, जिवन बीमा, जलबिद्युत, ट्रेडिङ, होटल, उत्पादनमुुलक र अन्य समुहको सुचक पनि घटेका छन् ।

आज बढी कमाउने कम्पनीको सुचीमा गोर्खाज फाईनान्स परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा अपरतामाकोशी हाईड्रोपावर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीको सुचीमा पनि अपर तामाकोशी नै परेको छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...