नेपाल वायुसेवा निगमद्वारा बैंकक घुम्नेहरुका लागि ल्यायो यस्तो अफर

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, १२ माघ ।

नेपाल वायुसेवा निगमले बैंकक घुम्नेहरुका लागि आकर्षक अफर अघि सारेको छ । निगमले २६ हजारमा दुईतर्फी हवाई टिकटको विशेष अफर अघि सार्दै बजार विस्तारमा आक्रामक देखिएको छ । नेपाल वायुसेवा निगमले काठमाडौं–बैंकक फ्लाइटमा नयाँ योजना ल्याएको छ ।

थाइल्याण्ड घुम्न जाने नेपालीलाई लक्षित गर्दे निगमले काठमाडौं–बैंकक उडानमा पाँच वटा टिकट किन्नेलाई एउटा टिकट सित्तैमा दिने योजना ल्याएको छ । मार्च महिनासम्मका लागि निगमले यो अफर ल्याएको हो । निगमले काठमाडौं–बैंकक द्ईतर्फी उडानको भाडा २६ हजार रुपैयाँमा बिक्री गरिरहेको छ । पर्यटकको सिजन सकिएकाले पाँच वटा टिकट किन्नेलाई एउटा सित्तैमा दिने नयाँ योजना ल्याएको निगमले जनाएको छ ।

निगमले सोमबार, वुधबार र शुक्रबार बैंकक उडान भर्दै आएको छ । यात्रुको संख्याअनुसार निगमले यो गन्तब्यमा एक सय ५८ सिटे न्यारोबडी र दुई सय ७४ सिटे वाइडबडी जहाजले उडान गर्दै आएको छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...