शुक्रबार सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं, माघ १८ ।

साताको छैठौं दिन शुक्रबार सुनको भाउ बढेको छ । शुक्रबार सुन तोलामा १ सयले बढेको छ ।

बुधबार र बिहिबार सुन प्रति तोला ६२ हजार २ सय रुपैयाँमा कारोबार भैरहेकोमा शुक्रबार भने सुन प्रति तोला ६२ हजार ३ सयमा कारोबार भैरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार तेजावी सुन प्रतितोला ६२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार चाँदीको भाउ स्थिर रहेको छ । शुक्रबार चाँदी ७८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

जस्तो लाग्छ तेस्तै प्रतिक्रिया दिनु होला
Loading...