दीपेन्द्र एरी नायक बन्दा नेपालको सनसनीपूर्ण जित !बधाई छ नेपाली टिमलाई !

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १८ माघ ।

टीट्वेन्टी शृंखलाअन्तर्गत दोस्रो खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध चार विकेटले विजयी भएको छ । पहिलो खेल गुमाएको नेपालले दोस्रो खेलमा भने युएईलाई पराजित गरेको हो ।

युएईले दिएको १०८ रनको लक्ष्य पछ्याएको नेपालले खराब सुरुवात गरे पनि अन्तिममा जित निकाल्न सकेको हो । चार बलमा एक रन चाहिएको अवस्थामा दिपेन्द्रसिंह ऐरीले चौका हानेपछि नेपालले जित पक्का गरेको हो । ऐरीले अन्तिम दुई बलमा छक्का र चौका हान्दै नेपालको जित पक्का गरे ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...