आज यूएईविरुद्ध नेपालको अन्तिम खेल, कसले जित्ला टी–२० सिरिज ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २० माघ ।

टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत आज अन्तिम तथा तेस्रो खेलमा आज नेपालले घरेलु टोली यूएईसँग खेल्दैछ । आजको प्रतिस्पर्धामा नेपालले यूएईलाई हराए इतिहास रच्दै टी–२० सिरिजको उपाधी चुम्नेछ ।

तीन खेलको टी–ट्वान्टी सिरिज अन्तर्गत नेपालले अन्तिम खेलमा आज यूएईसँग प्रतिस्पर्धा गर्न लागेको हो । पहिलो खेलमा यूएईसँग २१ रनले पराजित भएको नेपाल दोस्रो खेलमा भने चार विकेटले विजयी भएको थियो । आईसीसी क्रिकेट एकेडेमीमा हुने खेलमा नेपाल जित हात पार्दै सिरिज जित्ने लक्ष्यमा हुनेछ । यूएई पनि नेपाललाई पराजित गर्दै सिरिज जित्ने दाउँमा छ । नेपाल र यूएईबीचको खेल नेपाली समय अनुसार दिउँसो २ बजेर ४५ बजे सुरु हुनेछ ।

यसअघि सम्पन्न तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा नेपालले यूएईलाई २–१ ले पराजित गरेको थियो । आज जसले बाजी मार्छ अन्र्तराष्ट्रिय क्रिकेट जगतमा ठूलो सफलता हात पार्नेछ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...