नेपाली बजारमा घट्यो सुनचाँदीको मुल्य​

हाम्रो सन्देश संवाददाता

काठमाण्डौँ, माघ २४।

सुनको भाउ बिहीबार तोलामा ४ सय रुपैयाँ घटेको छ ।

बिहीबारका लागि सुनको मूल्य प्रतितोला ६२ हजार रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुन प्रतितोला ६२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदी तोलामा ५ रुपैयाँ घटेर तोलाको ७ सय ७५ रुपैयाँमा कारोबार भैरहेको छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...