तुलसीपुरबाट बिरगञ्ज जाँदै गरेको दुर्घटना

हाम्रो सन्देश संवाददाता

दाङ, माघ २५ ।

लमही–घोराही सडकखण्डअन्तर्गत घोराही उपमहानगरपालिका ३ चिसापानीमा बिहीबार बेलुका यात्रुवाहक बस र कार ठोक्किँदा एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा परी रुकुम पश्चिम मुसीकोटकी २६ वर्षीया रमिता शर्माको मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ ।

दुर्घटनामा कारमा सवार दाङ क्षेत्र नं. ३ ख का प्रदेश सांसद उत्तरकुमार ओलीसहित १४ जना घाइते भएका छन्। गम्भीर घाइते ओलीलाई थप उपचारका लागि कोहलपुर लगिएको छ।

हेलिकोप्टरबाट काठमाडौं लैजान खोजिए पनि खराब मौसमले सम्भव नभएको प्रहरीले जनाएको छ। अन्य घाइतेहरुको लमहीस्थित फ्लोरेन्स र लमही अस्पतालमा उपचार भइरहेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक अरुणकुमार सिंहले बताए। तुलसीपुरबाट बिरगञ्जतर्फ जाँदै गरेको ना ५ ख ५५२९ नं. को बस र लमहीबाट घोराहीतर्फ जाँदै गरेको बा १८ च ६८३६ नं. को कार ठोक्किँदा दुर्घटना भएको थियो। दुर्घटनाको कारणबरे अनुसन्धान भइरहेको सिंहले जानकारी दिए ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
PropellerAds
Loading...