आज अमेरिकी डलरसहित सबै देशको मूल्य बढ्यो, कुन देशको कति ?

हाम्रो सन्देश संवाददाता

फागुन ,२ काठमाडौं ।

आज बिहीबार अमेरिकी डलर सहित प्राय सबै देशको मुल्य उकालो लागेको छ। आज अमेरिकी डलर एकको खरिददर १ सय १२ रुपैयाँ ९८ पैसा छ भने बिक्रिदर मूल्य १ सय १३ रुपैयाँ ५८ पैसा रहेको छ।

त्यस्तै दक्षिण कोरियन वन १०० को खरिददर १० रुपैयाँ ६ पैसा रहेको छ भने बिक्रिदर १० रुपैयाँ ११ पैसा रहेको छ। मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ७८ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ ९३ पैसा छ। त्यस्तै यूके पाउण्ड एकको खरिददर १४५ रुपैयाँ ६१ पैसा छ भने बिक्रिदर १४६ रुपैयाँ ३९ पैसा छ।

त्यस्तै साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १३ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ २९ पैसा छ। त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ३ पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ २० पैसा रहेको छ। युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ७६ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ९२ पैसा रहेको छ।

त्यस्तै कुवेती दिनार एकको खरिददर ३७१ रुपैयाँ ९६ पैसा रहेको छ भने बिक्रिदर ३७३ रुपैयाँ ९४ पैसा रहेको छ। यसअघि कुवेती दिनारको मूल्य ३७० रुपैयाँ रहेको थियो।

बहराईन दिनार एकको खरिददर २९९ रुपैयाँ ६९ पैसा रहेको छ भने बिक्रिदर ३०१ रुपैयाँ २८ पैसा रहेको छ । अस्ट्रेलियन डलर एकको खरिददर ८० रुपैयाँ ३७ पैसा तथा बिक्रीदर ८० रुपैयाँ ८० पैसा रहेको छ।

तालिकामा हेर्नुहोस् राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
PropellerAds
Loading...