लुट्न सके लुट बोलको गीतलाई नयाँ शक्तिको समर्थन (भिडियो भयो भाइरल)

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

देशमा बढ्दै गएको वेथितिविरुद्ध लोक गायक पशुपति शर्माले गाएको ‘लुट्न सके लुट कान्छा लुट्न सके लुट’ बोलको गीतलाई डा बाबुराम भट्टराइको दल नयाँ शक्ति पार्टी नेपाललले समर्थन गरेको छ ।

नयाँ शक्ति पार्टीले गायक शर्माको गीतको लिंक सहित सामाजिक सञ्जाल ट्वीटरमा सन्देश लेख्दै गीतले यथार्थ चित्रण गरेको बताएको हो ।

‘सुप्रसिद्ध लोक गायक पशुपति शर्माको यो व्यंग्यात्मक गीत ‘लुट्न सके लुट कान्छा लुट्न सके लुट,अरु देशमा पाइँदैन नेपालमै हो छुट’ यो गीतले साँचै देशको स्थितिको यथार्थ चित्रण गरेको छ, यसरी यो देश लुट्ने छुट कसैलाई छैन’ नयाँ शक्तिले ट्वीटरमा लेखेको छ।

पशुपति शर्माको गीतलाई लिएर सामाजिक सञ्जालमा बहस भइरहेको छ ।
https://www.youtube.com/watch?v=GqxA9eTiCAY

जस्तो लाग्छ तेस्तै प्रतिक्रिया दिनु होला
Loading...