पल राजी भए विवाह गर्न तयार छुः पूजा शर्मा

हाम्रो सन्देश संवाददाता

काठमाडौं

सुदर्शन थापा निर्देशित चलचित्र ‘म यस्तो गीत गाउँछु’ को एक गीत यतिबेला चर्चामा छ । भन्छु आज मनका कुरा‘.. बोलको गीत चर्चामा आएसँगै नायिका पूजा शर्माको पनि चर्चा चलेको छ ।

पछिल्लो समय चलचित्र ‘म यस्तो गीत गाउँछु’ मा निर्मात्री समेत बनेकी पूजाले यतिबेला अभिनेता पल शाहसँग फिल्ममा जोडी बाँधेकी छिन् ।

प्रेमगीतकी यी नायिकाले आफूले पलले माने पूजा शर्मासँग बिहे गर्न आफू तयार रहेको बताएकी छिन् । साथै उनले पल एकदमै समझदार भएको भन्दै तारिफ समेत गरेकी छिन् ।

बेलाबेलामा सुदर्शन थापासँग नाम जोडिए पनि थापालाई उनले आफ्नो मिल्ने साथीको रुपमा लिएको बताएकी छिन् । पूजाको हातमा खोपिएको ट्याटुमा आफूले एसएलसी पढ्दा नै खोपाएको बताएकी छिन् । उनले भनिन्, ‘यो ट्याटु फिल्म क्षेत्रमा आउनभन्दा पहिले नै खोपेकी थिएँ । बजारमा हल्ला चलेको मात्र हो ।’

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...