जब डाक्टर देखेर विरामी रुन थाल्यो…

हाम्रो सन्देश संवाददाता

दुईजना मान्छे डाक्टरको क्लिनिकमा जचाउनको लागि बसिरहेका थिए । यत्तिकैमा एउटा मान्छे अचानक रुन थाल्यो । अर्को मान्छे छक्क पर्यो र पहिलोले सोध्यो : दाई तपाईं किन रुनु भएको ?
दोश्रो : म यहाँ रगत जचाउनको लागि आको त्यसैले रोएको ।
पहिलो : रगत जाँच्न पनि डराएर रुनु पर्छ त ?
दोश्रो : होइन डराएर होइन, रगत जाच्ने क्रममा डाक्टरले मेरो औंला काट्छ नि त्यसैले दुख्ने सम्झेर रोएको ।
त्यतिकैमा पहिलो मान्छे पनि रुन थाल्यो
दोश्रो : हैन तपाईं चाँही किन रुन थाल्नुभयो ?
पहिलो : तपाईं त रगत जँचाउन आउनु भाको । म त पिसाब जचाउन आको त्यसैले…

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...