पुस्तकजस्तै चल्ला ‘समर लभ’ यस्तो छ ट्रेलर

हाम्रो सन्देश संवाददाता

काठमाडौँ–

आख्यानकार सुविन भट्टराई को उपन्यास ‘समर लभ’ माथि आधारित भएर निर्माण भएको फिल्म ‘समर लभ’ प्रेम दिवसको अवसर पारेर माघ २५ गतेबाट प्रदर्शनमा आउने तयारीमा छन् ।

गीतसंगीत र ट्रेलरले फिल्मको उचाई निर्माण गर्दैगर्दा निर्माण टिम अहिले कलाकारको साथ लिएर प्रचार प्रसारलाई ब्यापक बनाउँदै गएको छ ।
पश्चिम नेपालदेखि मोफसल यात्रा सुरु गरेको ‘समर लभ’ टिम पुर्बी नेपालसम्म पुगेको छ । मोफसलका स्थानिय दर्शकसँग प्रत्यक्ष साक्षात्कार, मिडिया भेटघाट तथा युवापुस्तालाई लक्षित गर्दै कलेज क्याम्पियन पनि गरिरेको छ । यसले फिल्मको इनिसियल बक्सअफिस राम्रो हुने विश्वास लिइएको छ ।
पश्चिम नेपालको नेपालगञ्जबाट मोफसल यात्रा सुरु गरेर दाङको तुलसिपुर र घोराही, बुटवल, चितवन, हेटौँडा, धरान, इटहरी, दमक, बिर्तामोडसम्म ‘समर लभ’ टिम पुगेको छ ।

चलचित्रमा कलाकार आशिष पिया र रेवती क्षेत्री सहितको टिम पोखरा केन्द्रित प्रचारको गरिसकेको छ ।
फिल्मलाई खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारीले निर्माण गरेका हुन् भने बिनोद अधिकारी कार्यकारी निर्माता छन् । सोपन सरकार र मनोज बिक सहनिर्माता हुन् । फिल्ममा नम्रता सापकोटा, सुरजसिंह ठकुरी, सरोज खनाल, शिशिर भण्डारी, कविता रेग्मी, ओमप्रतिक गुरुङलगायतको पनि अभिनय छ ।
उपन्यासलाई फिल्ममा ढाल्दा पटकथा भने सामिप्यराज तिमिल्सेनाले लेखेका छन् भने संवाद लेखनमा सामिप्यले सुबिनसँग साझेदारी गरेका छन् । पुस्तक सर्वाधिक रुचाइएका कारण फिल्ममाथि दर्शकको ठूलो अपेक्षा छ । अब दर्शकको अपेक्षामाथि फिल्म कति खरो उत्रिएला ? प्रतिक्षा गर्नैपर्ने हुन्छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...