हाम्रा विमान चालक छोडिदिनुसः मोदी, आउनुस बसेर सल्लाह गरौं : इमरान खान

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, १६ फागुन ।

पाकिस्तानी सेनाको गिरफ्तारी परेका आफ्नो लडाकु विमान चालकलाई रिहा गरिदिन भारतले पाकिस्तानसँग माग गरको छ । अस्तीमात्र अतिवादीहरुको क्याम्पमाथि हमला गरी उनीहरुलाई ध्वस्त पारको हल्ला गरिरहेको भारतले एक्कासी आफने विमान पाकिस्तानी सेनाले खसालिदिएपछि आतंकित हुँदै गिरफ्तार विमान चालकलाई छोडिदिन आग्रह गरेको छ ।

पाकिस्तानले भारतीय पाइलटलाई नियन्त्रणमा लिएको भिडिओ सार्वजनिक गरेपछि भारतले यस्तो आग्रह गरेको हो । उसले घाइते व्यक्तिको तस्बिर सार्वजनिक गरिनुलाई लाजमर्दो प्रदर्शन भनि टिप्पणी गरेको छ । कश्मीरमा आफ्ना सुरक्षाकर्मीलाई निशाना बनाउँदै दुई साताअघि आत्मघाती आक्रमण भएपछि भारतले पाकिस्तानमा रहेका लडाकुहरूको शिविर हवाई हमला गरेर नस्ट गरिदिएको दाबी गरेको थियो ।

पाकिस्तानले आफ्नो हवाई क्षेत्र भारतद्वारा उल्लङ्घन गरेको तर ती विमानलाई लखेटिदिएको प्रतिक्रिया सार्वजनिक गरेको थियो । त्यसपछिको अर्को घटनामा आफूले दुईवटा भारतीय सैन्य जहाज खसालिदिएको पकिस्तानको दाबी छ । टेलिभिजन सम्बोधनमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भने, पाकिस्तानी कारबाहीको जबाफ दिन हिन्दुस्तानका दुईवटा विमान पाकिस्तानी सीमाभित्र पसे । त्यसलाई झारिदियौं । पाइलट हामीसँग छन् । म हिन्दुस्तानलाई भन्न चाहन्छु कि हामीले विवेक प्रयोग गर्न जरूरी छ ।

उनले दुबै देशसँग रहेका हतियारलाई ध्यानमा राख्दा कसैले पनि भूलको परिणाम थेग्न नसक्ने बताए । यदि त्यसो हुन दियौं भने न त्यो मेरो न नरेन्द्र मोदीको नियन्त्रणमा हुनेछ । उनले भने हामी बसौँ र कुरा गरौं । सम्वादबाट यो मुद्दाको हल गर्नुपर्छ ।

प्रधानमन्त्री खानले भारतलाई उसले पाकिस्तानी सीमा उल्लङ्घन गरेको र उनीहरूको भूभागमा जान आफू पनि सक्षम रहेको जानकारी दिने आफूहरूको कदमको उद्देश्य रहेको बताए । उनले भने, प्रतिक्रिया जनाउनु हाम्रो बाध्यता थियो, कुनै पनि सार्वभौमसत्ता सम्पन्न देश यस्तोमा चुप लागेर बस्न सक्दैन । हामी चुप लागेर आफूलाई अपराधी बनाउन सक्दैनथ्यौं ।

बुधवारको जबाफ दियौं र भन्यौँ, तपाईँ हाम्रो देशमा आउन सक्नुहुन्छ भने म पनि तपाईँको देशमा जान सक्छु । भारतीय प्रधानमन्त्री मोदीले कुनै प्रतिक्रिया दिएका छैनन । तर उनले सुरक्षा र जासुसी संस्थाका उच्च अधिकारीहरूसँग परिस्थितिबारे छलफल गरिरहेको बताइएको छ । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले आफ्नो देशले जिम्मेवार र संयम कदम चाल्ने बताएकि छिन् । चीन र रूसका विदेशमन्त्रीसँग चीनमा भएको वार्तास्थलबाट उनले भनिन्, भारत अवस्था थप बिग्रिएको देख्न चाहँदैन ।

जस्तो लाग्छ तेस्तै प्रतिक्रिया दिनु होला
Loading...