‘रविन्द्रलाई नजानुस् भनेर हात समातेको थिएँ’

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, २१ फागुन ।

पाथीभरा क्षेत्रमा विशिष्ट व्यक्तिहरूको प्रायः उडान प्रतिकूल मौसममा हुने गरेको छ । राष्ट्रपति, प्रधानमन्त्रीलगायत धेरैजसो उच्चपदस्थ व्यक्तिहरू पदमा रहेकै बेला पाथीभरा पुग्ने र प्रतिकूल मौसम बीच मन्दिर दर्शन गरेर र्फकने गरेका छन् । पछिल्लो समय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी पाथीभरा दर्शनका लागि पुगेका थिए ।

मन्दिर परिसरबाट उडेको केहीबेरमै हेलिकप्टर दुर्घटना हुँदा उनीसहित सात जनाको ज्यान गयो । प्रतिकूल मौसम बेवास्ता गर्दै हेलिकप्टर उडाइएकाले दुर्घटनामा परेको टीका टिप्पणी भइरहेको छ । तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको हेलिकप्टर अवतरण हुनै सकेन । सशस्त्र द्वन्द्वमा माओवादीले ध्वस्त बनाएको जिल्ला वन र जनस्वास्थ्य कार्यालयको भवन पुनर्निर्माणपछि उद्घाटनका लागि आएका उनको मुख्य उद्देश्य पाथीभरा दर्शन थियो ।

दर्शनपछि फर्किएर दुई कार्यालयको भवन उदघाटन गर्ने कार्यसूची थियो । निकैबेर आकाशमा घुमाउँदा पनि मन्दिर परिसरमा हेलिकप्टर अवतरण गर्न नसकेपछि उनले ढिलो गरी सदरमुकाम फर्किएर भवन उद्घाटन गरेका थिए। त्यसलगत्तै काठमाडौं फर्किए । पछि फेरि आएर दर्शन गरेको पुजारीहरू बताउँछन् । म र हाम्रो टोली दर्शनका लागि त्यस दिन पाथीभरा मन्दिर गएका थियौँ । हामीले पूजा गर्‍यौँ । यज्ञकुण्डको पूजा बाँकी थियो ।

त्यस बेला पर्यटन मन्त्री रविन्द्र अधिकारीको टोली त्यहाँ आइपुग्यो । मैले रविन्द्र बाबु यता आउनुस् भनेर बोलाएँ । त्यस बेला हिउँ परिरहेको थियो । हावा अलि जोडले चलेको थियो । पाथी भराका पुजारी आएर हतार हतार रविन्द्रको टोलीलाई पूजा गराउनु भयो । उहाँहरूले सामूहिक फोटो पनि खिचाउनु भयो । मन्त्री रविन्द्रले ‘यता आउनुस् गुरु, फोटो खिचौँ’ भन्नुभयो। म पनि त्यहाँ गएर फोटो खिच्ने समूहमा मिसिएँ।

अहिले नजानुस्।’ हामी एकै ठाउँमा उभियौ। गफ गर्न थाल्यौँ। त्यति नै बेला हेलिकप्टर पाइलट आएर भने, ‘मन्त्री ज्यू जाऔँ।’ यति भनेपछि मन्त्रीले भन्नु भयो, ‘गुरु, पाइलटले जाऔँ भन्नुभयो। म जान्छु।’ मैले रोक्न सक्ने अवस्था थिएन। यस्तो दुर्घटना हुन्छ भन्ने थाहा भएको भए समातेर राख्थेँ होला। अकल्पनीय घटना थाहा हुने कुरा भएन। हामीले पाथीभराको यज्ञकुण्डको पूजा गरेर सक्दै गर्दा पुजारीलाई फोन आयो, ‘मन्त्रीको हेलिकप्टर दुर्घटना भयो।’ सबै हताश देखिए।

मैले सन्त्वना दिन खोजेँ, ‘हतास् नहुनुस्, हल्ला मात्रै हो कि?’ तर त्यो सत्य साबित भयो। देशमा केही गरौँ भन्ने युवा मन्त्रीको असामयिक निधन भयो। अहिले पनि ‘मौसम खराब छ नजानुस्’ भनेको कानमा गुन्जिरहेको छ। मन्त्रीको ‘म निर्दोष छु’ भनेको सम्झि रहेको छु। दिवङ्गत मन्त्री लगायत सबैलाई हार्दिक श्रद्धान्जली व्यक्त गर्न चाहन्छु। – पाथीभरा गएका मन्त्री अधिकारीलाई अन्तिम बिदाइ गरेका स्वर्गद्वारी यज्ञाश्रम भक्त लोकनाथ उपाध्याय अधिकारी ‘फलारी’सँग गङ्गा बीसीले गरेको कुराकानीमा आधारित।

जस्तो लाग्छ तेस्तै प्रतिक्रिया दिनु होला
Loading...