स्थानीय र प्रहरीबीच एकाएक झडप, प्रहरीको गोली लागेर एकको मृत्यु, स्थिति तनावग्रस्त

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, २५ फागुन ।

स्थानीय र प्रहरीबीच झडप हुदा स्थानीय २३ वर्षीय युवक तामरको सुरक्षाकर्मीको गोलि लागेर मृत्यु भएको छ, भने ४२ जना घाइते भएको रक्षामन्त्रालयले जनाएको छ । रक्षामन्त्रालयले दिएको जानकारी अनुसार घाइते हुनेमा बढी महिला बालक र पत्रकारसमेत रहेका छन् ।

गाजा क्षेत्रमा भएको प्रदशनकारी र सुरक्षाकर्मी झडपमा उक्त घट्ना घटेको हो । इजरायलसँग सीमा जोडिएको पूर्वी इजरायल अधिनस्थ प्यालेस्टाइनको गाजा क्षेत्रमा भएको झडपमा परी एक प्यालेस्टिनीको मृत्यु भएको छ। ४२ जना घाइते भएका छन् ।

इजरायलविरुद्ध प्रदर्शनमा उत्रिएका उनीहरुलाई इजरायली सुरक्षाकर्मीहरुले गोली प्रहार गरेका थिए ।गोली प्रहारबाट दक्षिणी गाजाको रफाहका २३ वर्षीय तामर अराफातको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका अराफातको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको गाजास्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।मन्त्रालयले दिएको जानकारी अनुसार घाइते हुनेमा महिला, बालबालिका, स्वास्थ्यकर्मी तथा पत्रकारसमेत छन् । इजरायल–प्यालेष्टाइन क्षेत्रमा प्यालेस्टिनी प्रदर्शनकारी र इजरायली सुरक्षाकर्मीबीच लामो समयदेखि प्रदर्शन र झडप हुँदै आएका छन् ।

यसैबीच बेलायतको लण्डन छाडेकी समिमा बेगमको नवजात शिशुको मृत्यु भएको छ ।१९ वर्षीया किशोरी समिमा बेगमले झन्डै तीन हप्ताअघि तेस्रो सन्तानको रुपमा छोरा जेर्राहलाई जन्म दिएकी थिइन् ।तर, छोरा जेर्राहको मृत्यु भएको सिरियन डेमोक्य्राटिक फोर्सका प्रवक्तालाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

किशोर किशोरीका लागि शिविर सञ्चालन गर्दै आएको समूहले पनि समिमाका छोराको निमोनियाका कारण मृत्यु भएको पुष्टि गरेको छ ।बेलायती सरकारका प्रवक्ताले कुनै पनि बच्चाको निधन दुःखद् तथा गम्भीर रुपले विचलित पार्ने हुने बताएका छन् ।

समिमा बेगमले आफ्ना दुई साथीसहित सन् २०१५ मा बेलायत छोडेकी थिइन् । उनलाई गएको फेब्रुअरीको मध्यतिर सिरियाको शरणार्थी शिविरमा फेला पारिएको थियो ।

उनी बेलायत फर्कन चाहन्छिन् तर बेलायतले उनको नागरिकता खोसेको छ ।समिमाका डच श्रीमान यागो रिएडिज्क अहिले जेलमा छन् । उनी पनि आइएसका लडाकु हुन् ।

यस्तै फिलिपिन्समा ६ म्याग्निच्यूडको भूकम्प गएको छ । दक्षिणी फिलिपिन्सको सुरिगाओ डेल नोर्टे प्रान्तको तटपारी ६ म्याग्निच्यूडको भूकम्प महसुस गरिएको अमेरिकाको भौगर्भिक सर्वेक्षणले जनाएको हो ।

स्थानीय समय अनुसार शुक्रबार अबेर ११ बजेर ६ मिनेट जाँदा सुरिगाओ डेल नोर्टे प्रान्तको बुर्गोस शहरबाट ४१ किलोमिटर उत्तरपूर्वमा १६ किलोमिटर गहिराइलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको फिलिपिन्सको ज्वालामुख तथा भूकम्प अध्ययन प्रतिष्ठानले जनाएको छ ।भूकम्पपछि भएको क्षतिबारे कुनै विवरण सार्वजनिक भएको छैन भने संभावित सुनामीको चेतावनी समेत जारी गरिएको छैन

उता उत्तर कोरियाले रकेट प्रक्षेपणको तयारी गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।राजधानी प्योङयाङ नजिकको सामुन्डोङ परीक्षण केन्द्रबाट मिसाइल परीक्षणको तयारी भैरहेको स्याटलाइट तस्वीरहरु सार्वजनिक भएका हुन् ।

सामुन्डोङमा धेरैजसो व्यालेष्टिक मिसाइल र रकेटहरुको अन्तिम काम हुने गर्दथ्यो ।उत्तर कोरियाको मुख्य रकेट परीक्षण स्थल सोहय फेरि सञ्चालनमा ल्याउने तयारी भैरहेको समाचार सार्वजनिक भएको एक हप्ता नबित्दै रकेट प्रक्षेपण गर्न लागेको रिपोर्ट प्रकाशमा आएको हो ।

विज्ञहरुले भने प्योङयाङ मिसाइल परीक्षण भन्दा पनि स्याटलाइट परीक्षणको तयारीको चरणमा रहेको विश्वास गरेका छन् ।गरेका गत वर्ष अमेरिकासंगको वार्ता रोकिए पछि सोहाय केन्द्र निस्कृय बनाउने तयारी रोकिएको थियो ।हिजो मात्र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाले आणविक हतियार परीक्षण पूनः गरे त्यसले निराश बनाउने बताएका थिए । संचारकेन्द्र संवाददाता

जस्तो लाग्छ तेस्तै प्रतिक्रिया दिनु होला
Loading...