सुशील शाही र अगिना तण्डुकार (शाही)को कर्णप्रिय स्वर रहेको म्युजिक भिडियो (जोवनया गाच्वः)

हाम्रो सन्देश संवाददाता

नेपाल भाषाको गीत संगीतको क्षेत्रमा विशिष्ट योगदान पुर्याउदै आएका संगीतकर्मी आनन्द बज्राचार्यको निर्देशनमा रहेको नयाॅ
म्युजिक भिडियो (जोवनया गाच्वः) youtube मार्फत रिलिज भएको छ।

“जोवनया गाच्वः” बोलको भिडियोमा राजु महर्जन, अगिना तण्डुकार(शाही), सुशील शाही र विनय भानन्द वैधको लोभलाग्दो रआकर्षक अभिनय रहेको छ।

म्युजिक भिडियोमा सुशील शाही र अगिना तण्डुकार(शाही)को आवाज तथा शब्द रहेको छ।उक्त भिडियोको छायाङ्कन तथा सम्पादन अमर चित्रकारले गरेका छन् भने संगीत अनिल तुलाधरले दिएका छन्।

म्युजिक भिडियोको छायाङ्कन अति रमनिय स्थल श्वेत बाराही र झरूवारासीको आसपासमा गरिएको छ।यस गितको भिडियोलाई अन्य भन्दा पृथक शैलीमा प्रस्तुत गर्न खोजिएको छ।

गीतमा रहेको शब्द झैं भिडियोमा सहज र सरल तरिकाले निर्देशक बज्राचार्यले प्रस्तुत गरेका छन् ।जुन अत्यन्तै तारिफ योग्य रहेको छ ।

Loading...