ठुलो परिमाणमा सुन बरामद, तीन महिलासहित चार जना पक्राउ

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, २२ चैत ।

त्रिभुवन विमानस्थलमा ठुलो परिमाणमा सुन बरामद भएको छ। प्रहरीले साढे पाँच किलो सुनसहित चार भारतीय नागरिकलाई पक्राउ गरेको हो।। विमानस्थलका सुरक्षा प्रमुख एसएसपी सन्दीप भण्डारीका अनुसार एक भारतीय चार सय ९७ ग्राम सुनसहित पक्राउ परेका हुन्।

थप तीन महिला पाँच किलो सुनजस्तो देखिने वस्तुसहित पक्राउ परेका हुन्। ‘तीन महिलालाई सुन जाँचका लागि पठाएका छौँ’, एसएसपी भण्डारीले भने। बरामद सुनबारे विमानस्थल भन्सार र प्रहरीले अनुसन्धान सुरु गरेको छ।

विमानस्थलमा जाँचका क्रममा सुन बरामद भएको थियो। भारतीयले ल्याएको सुन नेपालको बाटो हुँदै भारत भित्र्याउने योजना भएको हुन सक्ने प्रहरी बताउँछन्।

Loading...