चितवनमा एकै परिवारका ३ जनाले गरे एकसाथ आत्महत्या

हाम्रो सन्देश संवाददाता

चितवन, २२ चैत ।

चितवनमा एकै परिवारका ३ जनाले एकसाथ आत्महत्या गरेका छन् । भरतपुर महानगरपालिका–१८ स्थित शशीनगरको शहरी क्लिनिक टोलमा बस्दै आएका एक परिवारका आमासहित २ सन्तानले पनि आत्महत्या गरेका हुन् । मृतकहरुमा अन्दाजी ३३र३४ वर्षीया आमा माया आलेमगर, अन्दाजी १३र १४ वर्षीया छोरी विनिता र अन्दाजी ११र १२ वर्षीय छोरा विवेक रहेका छन् । प्रहरीका अनुसार उनीहरुले घरभित्रै एकैस्थानमा ३ वटा सलको पासो लगाएर आत्महत्या गरेका हुन् ।

एकै स्थानमा ३ जना आत्महत्या गरेपछि घटनाको प्रहरीले अनुसन्धान गरिरहेको छ । मृतकको श्रीमान नरबहादुर आलेमगर नेपाली आर्मीमा काठमाडौंमा कार्यरत रहेका छन् । आमाले नै छोराछोरीलाई झुण्डाएर आफुले पनि आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ । मतृकहरुको शव पोष्टमार्टमका लागि भरतपुर अस्पताल ल्याउने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक शुसील सिंह राठौरले बताए ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...