नायिका पारमिता र करिश्मा देखिए यस्तो बोल्ड अवतारमा

हाम्रो सन्देश संवाददाता

काठमाडौँ ।

नायिका करिश्मा श्रेष्ठ ब्ल्याक आउटफिट, हातमा हत्कडी अनि चाबुक बोकेको अवतारमा देखिइन् ।

इन्टाग्राममा राखिएको यस किसिमको तस्बिरलाई ‘डोमिनेट्रिस’ अवतार भनिन्छ । अर्बन डिक्सनरीका अनुसार, डोमिनेट्रिक्सको अर्थ आफ्नो सेक्स पार्टनरलाई पीडा दिँदै नियन्त्रणमा राख्ने युवती हो ।

यसलाई छोटकरीमा बिडिएसएम पनि भनिन्छ । आफूले प्रभुत्व जमाउने र आफूमाथि प्रभुत्व हुने व्यक्तिहरुबीच पीडात्मक अभ्यासबाट सन्तुष्टि लिने यौन अभ्यासको समग्रतामा बुझाउन बिडिएसएम शब्द प्रयोग गरिन्छ । कुनै व्यक्तिलाई यौन गतिविधिमार्फत् नियन्त्रणात्मक यौन सम्बन्ध राख्ने युवतीहरु यस किसिमको अवतारमा देखिन्छन् ।

इन्स्टाग्राममा देखिएको करिश्माको सो तस्बिरसँगै अर्की नायिका पारमिता आरएल राणा पनि देखिएकी छन् । जसमा उनीहरुले ‘फिफ्टी सेड्स अफ ग्रे’ थिममा तस्बिर खिचाएको भनी लेखिएको छ । ‘फिफ्टी सेड्स’ बहुचर्चित यौन उपन्यास हो, जसमाथि फिल्मसमेत बनिसकेको छ ।

यी तस्बिर उनीहरुले एक जना सखीको जन्मदिन मनाउने क्रममा खिचेको बुझिएको छ ।

Loading...