‘नेपाल लोक स्टार’को लागि प्रमुख निर्णायकमा जयनन्द लामा चयन

हाम्रो सन्देश संवाददाता

नेपाली लोक गीत संगीतको विकास प्रवद्र्धन र प्रचारको लागि चाहाना मिडियाको आयोजनामा हुन लागेको नेपाल लोक स्टारको लागि प्रमुख निर्णायकको रुपमा जयनन्द लामा रहने भएका छन् ।

चाहाना मिडियाको आयोजनामा हुन लागेको सर्वाधिक पुरस्कार राशीको कार्यक्रम नेपाल टेलिभिजन र नेपालको पहिलो एच.डि. टेलिभिजन ए.पि.वान.एच.डि बाट प्रशारण हुनेछ ।

विभिन्न चरणमा प्रतिस्पर्धा गराँउदै सञ्चालन गरीने कार्यक्रमको प्रथम पुरस्कार ५० लाख रहेको छ भने द्धितिय पुरस्कार राशी २५ लाखको रहेको छ, त्यस्तै तृतीय हुनेले १० लाख रुपैँया हात पार्नेछ भने सान्त्वनाको लागि समेत आर्कषक पुरस्कारको व्यवस्था गरीएको कार्यक्रमका संयोजक सहदेव कोइरालाले जानकारी दिएका छन् ।
https://www.youtube.com/watch?v=PFypnTXmFTM
नेपाली लोक गीत संगीतका धरोहरका रुपमा रहेका लामालाई नेपाल लोक स्टारको कार्यक्रमको लागि आधिकारीक रुपमा प्रमुख निणार्यकको रुपमा चयन गरीएको हो ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...