सहयोगका नाममा प्रचार नगरौँ

हाम्रो सन्देश संवाददाता

प्रमिला कार्की

सहयोग गर्नु मानवीय धर्म हो । तर आजभोलि सहयोग सामाजिक संञ्जालमा फोटो हाल्नकै लागि गरेको हो कि भन्ने पनि शंका उत्पन्न हुने गरेको छ । सहयोग गरेजस्तो गर्ने अनि सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा पोस्टाएर लाईक, कमेन्ट र सेयर बढाउन गरिए जस्तो लाग्छ । २०७२ सालमा गएको भुकम्पमा होस वा गत साता तराईको बारा र पर्सामा हावाहुण्डरीले पूरै गाउँ नै ध्वस्त हुनेगरी पूर्याएको क्षति । जहाँ सहयोग गरे जस्तो गर्ने अनि फोटो खिचेर सञ्जालमा पोस्ट गरिहाल्ने एक किसिमको लहरै चलेको देखिन्छ ।
निस्वार्थ भावले गरिने सेवा पक्कै पनि एउटा पुण्य काम हो तर सेवाको नाममा देश विदेशबाट सहयोग जुटाएर पीडितसम्म पुग्दा केही मात्र पुग्ने अनि आफूले सेवा गरेको भन्दै सामाजिक संञ्जालमा फोटो पोस्टाउनुले सस्तो लोकप्रियता झल्काउछ । साँच्चै फोटो पोस्टाउनु छ भने त्यी व्यत्तिहरुको आवश्यक छ जसले खाई नखाई विदेशी मुलुकमा रगत पसिना बगाएर आफ्नो देशमा आएको विपत्तीमा असाहय पीडित जनताको घाउमा मलम भर्न मदत गरेका छन ।
सहयोग मनदेखि गरिने कुरा हो जसलाई देखाउनु कुनै आवश्यक छैन । दुई पोका चाउचाउ र दुई बोतल पानी दिएको पनि फोटो देख्दा लाज लाग्छ । यस्तो लाग्छ साच्चै नेपालमा आधुनिकता र विज्ञानले ठूलो विकास गरेको रहेछ । मानिसका मार्मिक कथाहरु कत्ति सस्तो मुल्यमा विकिरहेछन । हरेक दिन सामाजिक संञ्जालमा अनि अनेकन मिडियाहरुमा हेर्न र सुन्न सकिन्छ यसले यति सहयोग गर्यो अनि उसले उति ।
विभिन्न युटुव च्यानलमा देखिने सामाग्री अनि उनीहरुले त्यसमा सोधिएका प्रश्नहरु सुन्दा र पढ्र्दा यस्तो लाग्छ साच्चै नेपाल यस्तो देश हो जहाँ धेरै स्वतन्त्रता छ । पीडामा बसेको मानिसलाई माइक तेस्र्याएर कस्तो लागिरहेको छ ? भनि प्रश्न गर्नेहरुदेखि दया लागेर पनि आउछ । यस्ता दृश्य हेर्दा मानवता हराएको अनि चेतना नै नभएको आभास हुन्छ । तराईमा बाढी वर्षपिछे जान्छ, हावाहुरीले मच्चाएको आतंक आफैमा कहालीलाग्दो छ । जाडोमा शितलहरको कर त छदैछ । गर्मीमा विभिन्न किसिमका रोगहरुसँग लड्नुपर्ने हुन्छ । तसर्थ सरकारले दुई बोरा चामल बाढेर पीडितको घाउ निको हुँदैन । प्राकृतिक विपत्ती आउने ठाउँमा दीर्घकालिन योजना बनाउनुपर्छ । प्रत्येक वर्ष बाढी आउछ बगाउछ भने सरकारले वर्षपिछे गएर चामल बाढेर मात्र हुँदैन । एउटा पक्की घर बनाइदिने नीति ल्याउनुपर्छ । ताकि अर्को वर्ष विपत्तीमा काम लागोस ।
नेपालीहरु प्राकृतिक विपत्तीले मात्र होइन, राजनीतिले पनि प्रभावित बनिरहेका छन । हरेक दिन युवाहरु खाडी जानु बाध्यता बनेको छ । आफ्नै देशमा अवसर खोज्दाखोज्दै थकित भएर कुनै अवसर नपाएपछि अनि आफ्नो पढाई र क्षमता अनुसारको रोजगार नपाएपछि आफ्नो र परिवारको गुजरा चलाउनका लागि ऊ विदेशीन वाध्य हुन्छ । हरेक क्षेत्रमा पहुच र पैसाको घिनलाग्दो खेलले हाम्रो देशको नीति नियमलाई नै सखाप बनाएको अबस्था छ । यस्तो घिनलाग्दो खेल आखिर कैले सम्म ?
मानवता हराएको समाज भन्न रुचाउछु म जहाँ मानिस र उसको क्षमतालाई हैन पैसा र पावरलाई सम्मान गरिन्छ । कैयौ दुख गरेर पढेको प्रमाणपत्र जसको कुनै महत्व छैन । हरेक क्षेत्रमा पहुँच , पावर र पैसा मात्र चल्छ । लाग्छ यी तीनै चीज नभएका मानिसहरु नेपालमा बाँच्न सक्दैनन् । जन्म थलो नेपाल तर उनीहरुको कर्म थलो खाडी मुलक बनेको छ । हाम्रा कैयौ चेलीहरु विदेशका भुमिमा बेचिएका छन । उनीहरुलाई त्यस्तो नर्कमा पु-याउने अरु कोही नभएर हाम्रै देशका दलालहरु रहेका छन । १०/२० हजारका लागि उनीहरुको गरिबीको फाईदा उठाएर त्यो पराई भूमिमा नरकीय जीवन बिताउन बाध्य बनाई दलालहरु शीर ठाडो गरी मान र सम्मानका साथ यही भूमिमा खुले आम हिडिरहेका छन । राणाकाल ,राजतन्त्र , गणतन्त्र चिर्दै आएको यो लोकतन्त्र आखिर के का लागि ? माथिल्लो तहदेखि तल्लो तहसम्म लोभ र लालचभन्दा केही छैन । अरुको भन्दा आफ्नो मात्र राम्रो खोज्ने, आफुलाई मात्र सुखी बनाउने खेलले मानिसलाई स्वार्थी र लोभी बनाउदैछ । मानवता भन्ने चिज नै विस्तारै लोप हुँदैछ । सुख र दुख सबै मानिसमा आईपर्ने कुरा हुन । पीडा नभएका मान्छे सायदै हुदैनन् । दुखले मानिसलाई नयाँ पाठ सिकाउनुको साथै मजबुत पनि बनाउछ । पिडकको पिडा कम गर्नु छ भने उसलाई आफ्नै देशमा आत्मनिर्भर भएर बाच्ने वातावरण सृजना गरिनु पर्दछ । शिक्षा, स्वास्थ्य, रोजगार जस्ता आधारभूत क्षेत्रमा तीव्र सुधार हुनु आवश्यक छ । दुई दिन अरुले गरेको सहयोगले जीन्दगी चल्दैन । सहयोगको नाममा व्यापार गरेर आफु र आफ्नो संस्थाको प्रचार गर्न छोडौ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
PropellerAds
Loading...