लगातार सुनचाँदीको मुल्यमा गिरावाट

हाम्रो सन्देश संवाददाता

काठमाडौं, बैशाख १९ ।

आज साताको पाँचौ दिन पनि सुनको मूल्यमा सामान्य गिरावाट आएको छ । आज सुनको मुल्य प्रति तोला तीन सय रुपैयाँले घटेको छ ।

सुन प्रति तोला ५९ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ,त्यसैगरी प्रति १० ग्रामको मूल्य ५० हजार आठ सय ४० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

यसैक्रममा, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रति तोला १० रुपैयाँले घटेको छ । त्यसैगरी, चाँदी प्रति तोला सात सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

जस्तो लाग्छ तेस्तै प्रतिक्रिया दिनु होला
Loading...