आईपीएलः आज दिल्ली र राजस्थान तथा हैदरावाद र बैंगलोर भिड्दै

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २१ वैशाख ।

भारतमा जारी १२ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट आज शनिबार दुई खेल हुँदैछ ।

शनिबार हुने पहिलो खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्ससँग र दोस्रो खेलमा सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंगलोरसँग प्रतिस्पर्धा गर्दैछन् ।

पहिलो खेलमा राजस्थानविरुद्व मैदान उत्रदै गर्दा दिल्लीको लक्ष्य शीर्ष दुईमा स्थान बनाउनु हुनेछ । प्रतियोगिताबाट बाहिरिसकेको राजस्थान भने आजको खेलबाट सुखद अन्त्य गर्न चाहन्छ ।

फिरोज शाह कोट्ला मैदानमा हुने खेल दिउँसो ४ः१५ मा सुरु हुनेछ । दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् ।

दिल्ली १६ अंक सहित तेस्रो स्थानमा रहँदा छैटौं स्थानको राजस्थानको ११ अंक छ ।

दोस्रो खेल बैंगलोरस्थित एम चिन्नास्वामी क्रिकेट स्टेडियममा राति ८ः१५ मा सुरु हुनेछ । दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् ।

जस्तो लाग्छ तेस्तै प्रतिक्रिया दिनु होला
Loading...