एनएमबी बैंकको खराब अवस्था, सेयर मूल्यमा जाँदैछ यसरी पहिरो

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २२ वैशाख ।

एनएमबि बैंकले अस्वभाविक रुपमा कर्जा विस्तार पछि जोखिममा परेको तथ्य बाहिर आए लगत्तै सेयर मूल्यमा निरन्तर ओरालो लाग्न शुरु भएको छ । बैंकले नाता गोता र कमिशनका भरमा अस्वभाविक रुपमा लगानी गर्दा अरबौ रकम जोखिममा पर्दा बैंक नै डुब्ने खतरामा रहेको भन्दै ‘जोखिममा एनएमबि बैंकः यसकारण बढ्यो डुब्ने खतरा’ शिर्षकमा अनलाइनपाना डटकममा समाचार प्रकाशन भएको थियो ।

जसको प्रभाव स्वरुप पछिल्ला दिनहरुमा एनएमबि बैंकको मूल्यमा गिरावट आउने क्रम जारी भएको हो । एनएमबि बैंकको सेयर मूल्य करिब ४ सय नजिक पुग्नै लागेको थियो । अप्रील २५ तारिकको दिन बैंकको सेयर मूल्य ३ सय ९६ रुपैयाँमा पुगेको थियो । त्यसपछि भने बैंकको मूल्यमा गिरावट आउन शुरु गर्यो ।

बैंकको सेयर मूल्यमा एक्कासी पहिरो गएर अप्रील २८ तारिकमा ३८० रुपैयाँमा मूल्य झर्यो । तर यसमा पनि अडिन नसकेर मे २ तारिक अर्थात बिहीबारसम्म आइपुग्दा बैंकको सेयर मूल्यमा पहिरो गएर ३ सय ८३ रुपैयाँमा झरेको छ । बैंकको खराव अवस्थाका कारण मूल्य अझै घट्ने स्पष्ट संकेतहरु देखिएका छन् ।

बैंकले लगानी गरेको २४ अर्ब रुपैयाँको हाराहारीमा कर्जा डुबेको छ । बैंकले अनावश्यक र नातावादीका भरमा लगानी गर्दा बैंकको ठूलो परिमाणमा गरेको लगानी डुबेको हो । बैंकको २४ अर्ब रुपैयाँको हाराहारीमा कर्जा डुबे पछि बैंक यतिबेला आत्तिएको छ । बैंकले आफ्ना मान्छेहरुलाई लगानी गर्दा समस्यामा परेपछि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी आत्तिएको उनी निकट श्रोतले बताएको छ ।

पैसा तिरेर अबार्ड किनेर उत्कृष्ट बैंक भएको हावादारी प्रचार गर्दै हिडेको बैंक डुब्ने खतरामा देखिए पछि यतिबेला आत्तिएर ऋण असुली न्यायाधीकरणको शरणमा पुगेको तथ्य नै अनलाइनपानामा प्रकाशन भइसकेको छ । अर्बौ रकम उठाउन नसकेपछि सीईओ केसी न्यायाधीकरणको शरणमा पुगेका हुन् । कहाँ कसले डुबायो एनएमबि बैंक ? बैंकले अर्बौ रुपैयाँ उठाइदिन आग्रह गर्दै न्याधाधीकरण पुगेको तथ्य नै अनलाइनपानालाई प्राप्त भएको थियो ।

जस्तो लाग्छ तेस्तै प्रतिक्रिया दिनु होला
Loading...