अझै घटेन बैंकको ब्याजदर

हाम्रो सन्देश संवाददाता

काठमाडौं,२३ बैशाख ।

चर्को ब्याजका कारण उद्योग–व्यवसाय सञ्चालनमा कठिन भएको भन्दै निजी क्षेत्रले कर्जाको ब्याजदर घटाउन आन्दोलन नै ग¥यो । व्यवसायीले ब्याजदर घटाउन सरकारलाई अल्टिमेटमसमेत दिए । सोहीकारण अर्थ मन्त्रालयले ब्याजदरलगायत समस्या समाधान गर्न अध्ययन कमिटी बनाएर त्यसको सुझाब कार्यान्वयनका लागि सम्बन्धित निकायलाई निर्देशन पनि दियो । तर, आर्थिक वर्ष सकिएको ९ महिना बितिसक्दा पनि ब्याजदर घट्न सकेन ।

बैंकहरूले तेस्रो त्रैमासको वित्तीय विवरण धमाधम प्रकाशन गरिरहेका छन् । वित्तीय विवरणले बैंकहरूको आधारदर (बेसरेट) केही बिन्दु प्रतिशतले घटेको देखाउँछ । तर, अपेक्षित रूपमा बेसरेट घट्न नसकेको व्यवसायी बताउँछन् । जसका कारण ब्याजदरसमेत घटेको छैन । अहिलेसम्म कर्जाको ब्याजदर घटेको कुनै सूचना प्राप्त नभएको नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारका बताउँछन् । ‘ब्याज बढ्दा म्यासेज आउँछ, सजिलै थाहाँ पाइन्छ,’ उनले भने, ‘तर, अहिले बेसरेट केही घटेको होला, ब्याज घट्ने अनुमान पनि गरिएको थियो, तर अहिलेसम्म ब्याजदर घटेको म्यासेज आएको छैन ।’

महासंघको बैंकिङ समितिका उपसभापति गोपाल खनालले पनि अहिलेसम्म ब्याजदर नघटेको जानकारी दिए । ‘वित्तीय विवरण आइरहेका छन्, बेसरेट थोरैले घटेको देखिन्छ,’ उनले भने, ‘यद्यपि, अहिलेसम्म ब्याजदर भने घटेको छैन ।’ उनले तरलतामा अझै चाप देखिएका कारण आधारदर उल्लेखनीय रूपमा घट्न नसकेको विश्लेषण गरे । नयाँपत्रिकाबाट

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
PropellerAds
Loading...