यस्तो छ आजको सुनचाँदीको मुल्य,(हेर्नुहोस मुल्यसहित)

हाम्रो सन्देश संवाददाता

काठमाडौं,२४ बैशाख ।

सुनको भाउ आज भने यथावत रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको भाउमा कुनै घटबढ भएको छैन ।
सोमबार तोलामा ५९ हजार ५०० मा कारोबार भएको सुनको भाउ मंगलबार पनि ५९ हजार ५०० मा नै कारोबार भइरहेको हो ।यस्तै तेजावी सुन आज तोलमा ५९ हजार २००मा कारोबार भइरहेको छ ।

चाँदीको भाउ पनि आज यथावत नै रहेको छ । सोमबार तोलामा रु ७२० मा कारोबार भएको चाँदीको भाउ मंगलबार पनि रु.७२० मा नै कारोबार भइरहेको छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
PropellerAds
Loading...