आज वुधबार राशीफल अनुसार तपाईको दिन यस्तो देखिन्छ :हेर्नुस्

हाम्रो सन्देश संवाददाता

आज वि.सं. २०७६ बैशाख २५ गते बुधबार, चतुर्थी मे ८ तपाईका फलादी यस्तो छः


मेष राशी (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आत्मबल बढ्नेछ । सुखसुविधा र विलासिताका लागि धनको जोहो हुनेछ । व्यापार व्यवसाय, पेसा र रोजगारीको क्षेत्रबाट फाइदा लिन सकिनेछ । मित्र वा आफन्तको सहयोगबाट मिल्नेछ । नयाँ काम वा रोजगारको अवसर मिल्नेछ । दुरदराजको यात्रा लाभदायक हुनेछ । भूमिबाटपनि लाभ लिन सकिनेछ । मेष राशी हुनेहरुको लागि आज शुभ रंग कालो र शुभ अंक ३ रहेको छ ।

वृष राशी (इ, उ, ए, ओ, बो, बु, बे, बो)
दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । वैदेशिक कार्य अघी बढ्नेछ । आकस्मिक धनलाभ होला । क्षेत्रमा सफलता मिल्नेछ । सामाजिक क्षेत्र र नोकरीबाट मान सम्मान बढ्नेछ । आम्दानी सहज हुनेछ । व्यापार व्यसायबाट राम्रो फाइदा लिन सकिनेछ । रोकिएका काम बन्नेछ । यस राशी हुनेहरुका लागि आज शुभ रंग ध्वाँसे वा केशरी र शुभ अंक ६ रहेको छ ।

मिथुन राशी (का, कि, कु, घ, ङ, छ, के, को, ह)
भाग्य अभिवृद्धिको समय छ । आकस्मिक लाभ मिल्ने दिन छ । सामूहिक नेतृत्व सम्हाल्ने मौका मिल्नेछ । व्यापार व्यवसायबाट लाभ मिल्नेछ । धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ । शैक्षिक पशुचौपायाबाट लाभ प्राप्त हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । यस राशी हुनेहरुका लागि आज शुभ रंग सेतो वा पहेलो र शुभ अंक ५ रहेको छ ।

कर्कट राशी (हि, हु, हो, डा, डि, डु, डे, डो)
बोलीमा संयमता अपनाउनुहोला । चोटपटकको भय छ । धन, धर्म र भाग्यमा हानी पुग्नेछ । कठोर परिश्रम गर्नुपर्ने समय छ । अनावश्यक यात्रा हुनेछ । दैनिक व्यवहारमा खर्च बढ्न सक्छ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । मानसिक तनाव बढ्नेछ । यस राशी हुनेहरुका लागि आज शुभ रंग कालो रहेको छ भने शुभ अंक ८ रहेको छ ।

सिंह राशी (मा, मि, मु, मे, मो, टा, टि, टु टे)

आर्थिक पक्ष बलियो छ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । कतै घुम्न जाने योजना बन्न सक्छ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । ढिलै भए पनि काम सम्पन्न हुनेछ । मान प्रतिष्ठा र सामाजिक मर्यादामा वृद्धि हुनेछ । घरायासी काममा खर्च बढ्नेछ । आम्दानीमा खर्च हुनेछैन । सिंह राशी हुनेहरुको लागि आज शुभ रंग गुलाबी वा सिन्दुरे र शुभ अंक ७ रहेको छ ।

कन्या राशी (टो, प, पी, पु, ष, ण ठ, पे, पो)

आर्थिक र व्यवसायिक समस्या समाधान हुनेछ । व्यापार व्यवसायमा साझेदारीबाट राम्रो प्रतिफल लिन सकिनेछ । विद्या र बुद्धिको विकास हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ । यस राशी हुनेहरुको लागि आज शुभ रंग हलुका सेतो र शुभ अंक ६ रहेको छ ।

तुला राशी (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

समय दिदा बौद्धिक क्षेत्रमा प्रगति हुन सक्छ । व्यापार व्यवसायमा फाइदा नै मिल्नेछ । दौडधूप गर्नु परे पनि लाभ नै हुनेछ । रमाइलो यात्राको योग रहेको छ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । प्राविधिक काममा सफलता मिल्नेछ । यस राशी हुनेहरुको लागि आज शुभ रंग हलुका नीलो वा हरियो र शुभ अंक १ रहेको छ ।

वृश्चिक राशी (तो, ना, नि, नु, ने, या, यि, यु)

सानातिना काममा समय बित्नेछ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । घर व्यवहारको समस्याले सताउनेछ । स्वास्थ्यमा खर्च बढ्नेछ । नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनु होला । वैदेशिक रोजागरी गर्नेहरुले घर सम्झेर दिन बिताउनेछन् । यस राशी हुनेहरुको लागि आज शुभ रंग रातो वा पहेलो र शुभ अंक ४ रहेको छ ।

धनु राशी (ये, यो, भ, भी, भू, ध, फा, ढ, भे)

आज पराक्रम र प्रसिद्धी आर्जन गर्ने समय छ । बोलीको भरमा काम बन्नेछ । लामो दुरीको लाभदायक यात्राको सम्भावना छ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । बौद्धिकताको विकास हुनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । यस राशी हुनेहरुको लागि आज शुभ रंग गाढा नीलो र शुभ अंक ३ रहेको छ ।

मकर राशी (भो, ज, जी, खि, खु, खे, खो, गा, गी)

नयाँ काममा हात हाल्ने समय भएकोले विचारलाई कार्यान्वयन गर्दा राम्रो हुनेछ । प्रशस्त धनआर्जन गर्ने अवसर पाइनेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ, नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । वस्त्र, अलंकार आदि खरिद गर्ने योग छ । नयाँ ठाउँमा धन लगानीको वातावरण बन्नेछ । यस राशी हुनेहरुको लागि आज शुभ घिउ रंग र शुभ अंक २ रहेको छ ।

कुम्भ राशी (गु, गे, गो, सा, सि, सु, से, सो, द)

व्यवसायिक क्षेत्रमा लाभ हुनेछ । भौतिक साधनको जोहो हुनका साथै मनोरञ्जनात्मक क्रियाकलापमा सक्रिय भइनेछ । व्यापारिक वा दैनिक कामहरु सन्तोषजनक रहेको छ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । एकपछि अर्को अवसर आउनाले मनपनि प्रसन्न रहनेछ । घरमा अतिथीको आगमन हुनेछ । दानपुण्यका क्षेत्रमा लगानी हुन सक्छ । यस राशी हुनेहरुका लागि आज शुभ रंग सिन्दुरे रातो र शुभ अंक ९ रहेको छ ।

मिन राशी (दी, दु, थ, झ, ञ, दे, दो, च, ची)

खर्च वृद्धि हुने समय चल्दैछ । काममा बाधा हुनाले धनको अभावमा तनाव बढ्नेछ । निणैय क्षमतामा कमी भएको महसुस हुनेछ । नकारात्मक भावना मनमा बास गर्नेछ । आँटेको काममा सफलता नमिल्न सक्छ । गरेका कार्यमा ढिलासुस्ती हुनेछ । प्रेमी तथा प्रेमिकाको भाषा परिवर्तनले मनमा दुविधा उत्पन्न हुन सक्नेछ । यस राशी हुनेहरुको लागि आज शुभ रंग सेतो वा बैजनी र शुभ अंक ४ रहेको छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...